१२० घर परिवार तृणमूल कंग्रेसमा फर्किए

जयगाउँः कालचिनी खण्ड अन्तर्गत जयगाउँ १ नम्बर ग्राम पञ्चायत तृणमूल कंग्रेस पार्टी कार्यालयमा १२० घर परिवार कंग्रेस पार्टी त्यागी तृणमूल कंग्रेसमा फर्कि आएको छ। तृणमूल कंग्रेस पार्टीमा सामेल भएका १२० घर परिवार विगत ग्राम पञ्चायत चुनावमा केही मन मुटाउको कारण तृणमूल कंग्रेस पार्टी छोड़ेर कंग्रेस पार्टीमा सामेल भएका थिए। विधानसभा चुनाव नजिकिँदै गर्दा १२० घर परिवार फेरि पार्टीमा फर्कि आउनु एउटा ठूलो उपलब्धि नै ठानेको छ।
तृणमूल कंग्रेस जिल्ला चेयरमेन गङ्गाप्रसाद शर्माले पार्टीको झण्डा थमाएर तिनीहरूलाई स्वागत जनाए। यस पार्टी वपसी कार्यक्रममा जिल्ला चेयरमेन गङ्गाप्रसाद शर्माले भने,हाम्रो मान्छेहरू यसरी पार्टीमा फर्किनु भनेको आफ्नो घर फर्किनु हो। यसरी पार्टीमा फर्केर ठूलो योगदान स्थापना गरेका छन्। यो योगदानको कदर आगामी विधानसभा चुनावमा हुने कुरा विश्वास्त भए। मा माटी जिन्दावाद, ममता ब्यानर्जी जिन्दावादको नाराले पार्टी कार्यालय गुञ्जमान भएको थियो। पार्टी प्रवेश कार्यक्रममा अलिपुरद्वार जिल्ला चेयरमेन गङ्गाप्रसाद शर्मा,अञ्चल सभापति विष्णु लामा,अञ्चल चेयरमेन रोशन उरॉंव, ग्राम पञ्चायत प्रधान कमल लामा,उपप्रधान सुबला साह,कालचिनी ब्लक जेनेरल सेक्रेटरी पेमा लामा लगायत विभिन्न पञ्चायत सदस्यहरूको उपस्थिति रहेको थियो भन्ने जानकारी सोसियल मिडिया प्रभारी दुर्गा राई थुलुङले दिएका छन्।

Leave a comment