१३ वर्षीया ना’बालिगको ब’लात्कार र ह’त्याको आ’रोप

१३ वर्षीया ना बालिगको ब’लात्कार र ह’त्याको आ’रोप


जयगाउँः जयगाउँ थाना क्षेत्रमा एउटा दुखद घटना प्रकाशमा आएको छ| प्राप्त जानकारी अनुसार,जयगाउँको थाना क्षेत्रमा एकजना १३ वर्षीया नाबालिगको बलात्कारपछि निर्ममतापूर्वक हत्या गरिएको खबर बाहिर आएको छ| १३ वर्षीय नाबालिग झुण्डिएर मरेको अवस्थामा भेटाइएकोले क्षेत्रमा सनसनी मच्चिएको छ| पीड़ितको आमाले बताएअनुसार शुक्रबार बिहान ८ बजे तिनले आफ्नी छोरीलाई छिमेकीको घरमा खेल्न छोड़ेर धार्मिक समारोहमा गएकी थिइन्| जब तिनीहरू दिउँसो ४ बजीतिर घर फर्किँदा छोरी झुण्डिएको अवस्थामा मृत भेटिए| तिनीहरूले बलात्कार गरेर हत्या गरी अन्ततः झुण्ड्याएको आरोप लगाएको छ|
पीड़ित आमा र बाबाले घटनाबारेमा थानामा रिपोर्ट गरिएको तर एफआईआर नलिएको पनि आरोप लगाएका छन्| आरोपी परिवारका सदस्यहरूले हत्या गर्ने धम्की पनि दिएको आरोप लगाएका छन्| शुक्रबार नाबालिगको शव पोष्टमार्टमपछि घरमा ल्याएर अन्तिम संस्कारको समय परिवारका सदस्यहरूले नाबालिगको शवलाई नुहाइदिँदा नाबालिगको शरीरका विभिन्न भागमा चोटपटकका निशानहरू देखेको जनाएका छन्| घटनाको जानकारी पाएपछि जयगाउँ थानाका पुलिस घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ| घटनाबारेमा थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ|

याे पनि हेर्नुस्


Leave a comment