डुवर्स किराँत राई समाज संस्कृति साहित्य समितिको वार्षिक साधारण सभा सम्पन्न
दलसिंहपाडा : डुवर्स किराँत राई समाज संस्कृति साहित्य समितिको २६ औँ वार्षिक साधारण सभा दलसिंहपाडास्थित गोर्खा भवनमा सम्पन्न भयो । सभाको अध्यक्ष केन्द्रीय समितिका अध्यक्ष जेठा राईले गरेका थिए भने सभामा डुवर्सका ५८ शाखाका प्रतिनिधिहरू उपस्थित थिए । सभाको शुरु संयुक्त सचिव दुर्गा थुलुङले केन्द्रीय समितिको वार्षिक प्रतिवेदन पेश गरेपछि भएको थिए भने महासचिव प्रशान्त थुलुङले एक वर्षभित्रमा समितिका उपलब्धी सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे । यसै क्रममा कोषाध्यक्ष विकास बान्तावाले बिगत वर्षको आय-व्याय, गत साकेला कार्यक्रमको हिसाब र भवन निर्माणको हर हिसाब प्रस्तुत गरे ।
डुवर्स किराँत राई समाज संस्कृति साहित्य समितिका वर्षौदेखिको भवन निर्माण गर्ने सपना अब चाडै नै पुरा गर्नेछौँ । यसका कार्यमा सम्पूर्ण डुवर्सेली किराँती एक भएर लागि पर्नु पर्छ भनि भवन निर्माण समितिका अध्यक्ष जुगेश राई सम्बोधनको क्रममा भने ।
यसै क्रममा केन्द्रीय समितिको कार्य केही सहज होस् भनि कोर कमिटी र आञ्चलिक समिति गरे । कोर कमिटीमा जेठा राई, प्रशान्त थुलुङ, दुर्गा थुलुङ, विकास बान्तावा, सुन्दर राई, जुगेश राई, सन्तोष राई रहेको छ भने आञ्चालिक समितिमा कालचिनीका निम्ति मनिराज राई, शुधा राई, पुजा राई, गणेश राई, किरण राई प्रतिनिधिका रुपमा रहेको छ । वीरपाडाका निम्ति सन्तोष राई, जुगेश राई, श्याम राई, साहारा राई रहेको छ भने बानरहाटका निम्ति सुन्दर राई, गणेश राई, अजित राई, बन्धन राई रहेको छ ।
यसरी डुवर्सका सम्पूर्ण राई किराँती एकजुट भई जातिका भाषा–साहित्य, संस्कर संस्कृति, रीतिथिति बचाउन हामी सदैव लागि पर्नु पर्छ भनि महासचिव प्रशान्त थुलुङले व्यक्त गरे भने भने दुर्गा चामलिङ, राजाभात्खावा, जुगेश राई, गङ्गा बहादुर राई आदि सभालाई सम्बोधन गरे ।