अवैद्य नशालु कफ सीरपसहित एकजना पक्राउ

अवैद्य नशालु पदर्थसहित एकजना पक्राउ

कालचिनी: अवैद्य लागु पदार्थ र निषेधित नशालु औषधि विरुद्ध पुलिसको नियमित अभियान चलिरहेको क्रममा बिहीबार राती कालचिनी खण्डको भारत भोटाङ सीमान्त सहर जयगाउँ थाना अन्तर्गत पर्ने दलसिंहपाड़ा गोपालबहादुर बस्तीबाट जयगाउँ थानाको पुलिसबलले एकजना सुधार मंगर २९ बर्षीय केटालाई अवैद्य नशालु कफ सीरपसहित पक्राउ गरेको घटना प्रकाशमा आएको छ।
उक्त युवकबाट पुलिसले ८० बोतल कफ सीरप बरामद गरेको बताइएको छ भने पुलिसले विगत धेरै दिनदेखि उक्त युवकमाथि नजर राख्दै आइरहेको र बिहीबार राती मौका छोपेर आरोपी युवक सुधार मंगरको घरमा छापा हान्दा अवैद्य कफ सीरपसहित तिनलाई पक्राउ गर्न सफल भएको बताइएको छ।
पुलिसले पक्रा परेका युवक सुधार मंगर विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरेर शुक्रबार अलिपुरद्वार जिल्ला अदालतमा पठाएको र रिमान्डमा लिएको बताइएको छ भने यससित संलग्न अझै एकजनालाई पक्राउ गरेको जनाएका छन्।

Leave a comment