आतङ्की हमला र विपक्षी दलहरू विरुद्ध तृणमूलको महार्याली
कालचिनी : कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमला र सत्तारुढ दल विरुद्ध विपक्षी दलको झूटो आरोपको विरोधमा शनिबार अलिपुरद्वारमा तृणमूलको भव्य जुलुस र विरोध सभा निकालियो| उक्त महार्यालीमा तृणमूल अलिपुरद्वार जिल्ला सभापति तथा राज्यसभा सांसद प्रकास चीक बडाइक, जेडीए चेयरमेन तथा तृणमूल अलिपुरद्वार जिल्ला चेयरम्यान गङ्गाप्रसाद शर्मा, अलिपुरद्वार विधायक तथा सार्वजनिक लेखा समितिका चेयरमेन सुमन कान्जिलाल , मदारीहाट विधायक जयप्रकास टोप्पो, अलिपुरद्वार जिल्ला परिषदका सभाधिपती स्निग्धा साइबो, नवनियुक्त जिल्ला परिषदका मेन्टर मृदुल गोस्वामी, सहकारी सभाधिपति मनोरञ्जन दे, सौरभ चक्रवर्ती, अलिपुरद्वार नगरपालिकाको चेयरमेन प्रसेनजित कर, डीपीएससी चेयरमेन परितोष बर्मन एवम् अन्यान्यको उपस्थिति रहेको थियो| उक्त विरोध र्याली शनिबार अलिपुरद्वारको कोर्ट परेड ग्राउन्डबाट निस्किएको थियो भने अलिपुरद्वार चौपतिमा पुगेर पथसभामा परिणत भएको थियो| पथसभामा कश्मीरमा भएका आतङ्कवादी हमलाहरूको विरोधमा तृणमूल नेताहरूले पाकिस्तानबाट उचित जवाफको माग गरे|
सांसद प्रकास चिक बडाइकले नगरकट्टासहित अलिपुरद्वार जिल्लाको कुमारग्राम, कालचिनी र मदारीहाटका पूर्व विधायक एवम् वर्तमान सांसद मनोज तिग्गामाथि धेरै जीवित चिया श्रमिकहरूको मृत्यु प्रमाणपत्र तयार पारेर पीएफबाट लाखौँ रुपियॉं हिनामिना गरेको आरोप पनि लगाए| राज्यसभा सांसद प्रकास चिक बड़ाइकले एक हप्ताभित्र पीएफ हिनामिनामा संलग्न व्यक्तिहरू विरुद्ध विभिन्न थानामा लिखित उजुरी दिने चेतावनीसमेत दिए|
याे पनि हेर्नुस्
