अतृप्त चाहनाहरू
इन्द्र बस्नेत
काडै काँडाले घोचिएको यो जीवन,
समयले दिएका अनेकौ घाव,
अनि पिडालाई सेलाउँदै,
हृदयभित्र आघात अनि मर्म,
कसले पो देख्छ र?
त्यो फूल रोप्नेहरूको,
औलाको चोट र पिढा,
बग्दै गएर, सुकेका आँशु,
कसले पो देख्छ र ?
पुरा नहुने मनका आशा अनि आकांक्षा
भविष्यको आशाहरूमा,
अल्झिएका,
असिमीत चाहनाहरू,
बदलिएका ती बिश्वासहरूमा,
फुल्दै गरेको मन्द मन्द, बसन्तको आभास,
कसले पो देख्छ र ?
याे पनि हेर्नुस्
