कालचिनीः वन्यजन्तु विभागका कर्मचारीहरू हाल मानव बस्ती क्षेत्रमा वन्यजन्तु, विशेषगरी हात्तीबाट हुने बालीको क्षति र मानव ज्यानको हानी न्यूनीकरण गर्न चौबीसै घण्टा क्रियाशील छन्। पछिल्ला दुई दिनको अवधिमा वन विभागद्वारा सञ्चालन गरिएको जनचेतना अभिवृद्धि कार्यक्रमले ४० भन्दा बढी गाउँ र चियाकमान क्षेत्रहरू समेटेको वन विभागले जनाएका छन्। हाल २८ वटा टोलीहरू जसमा वन विभागका कर्मचारीहरू र स्थानीय संयुक्त वन व्यवस्थापन समितिका (जेएफएमसी) सदस्यहरू समेत गरी २०० भन्दा बढी जनशक्ति संलग्न छन्, दिनरात खटिएर मानववन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि काम गरिरहेका वन विभागका अधिकारीहरूले जनाएका छन्।
यस्ता टोलीहरूलाई आपतकालीन अवस्थामा तत्कालै प्रतिक्रिया जनाउन २७ भन्दा बढी सवारीसाधन परिचालन गरिएको छ। वनभित्रको हात्तीको गतिविधिलाई दैनिक रूपमा गस्ती टोलीहरूले निगरानी गरिरहेका छन्। जसबाट सम्भावित हात्ती निस्कने स्थानको पूर्वानुमान गर्न सहयोग पुगेको र यस्ता सूचनाहरूको आधारमा जोखिम न्यूनीकरणका लागि समयमै कदम चाल्न सकिने वातावरण तयार भएको वन विभागले जनाएका छन्। यस अभियानमार्फत मानिस र वन्यजन्तुबीचको द्वन्द्व न्यून गर्दै दुवैको सुरक्षालाई सुनिश्चित गर्ने लक्ष्य राखिएको छ भने विभागको सक्रियता र समुदायको सहभागिताले संयुक्त प्रयासमार्फत दीर्घकालीन समाधानतर्फ मार्ग प्रशस्त गरिरहेको वन विभागले जनाएका छन्।
