बन्दको मिश्रित असर

बन्दको मिश्रित असर


कालचिनी : आरजी कर अस्पतालका महिला चिकित्सकको हत्याको प्रतिवादमा बुधबार भाजपाले डाकेको १२ घन्टे बन्दको मिश्रित असर देखियो। बिहानदेखि नै बन्द सफल गर्न भाजपा समर्थक अनि नेताहरू बजार र सडकहरूमा ओर्लिन्दा बन्दको विरोधमा निस्किएका तृणमूल समर्थक अनि नेताहरूसँग झडपको परिस्थिति देखा परेको थियो। अलिपुरद्वार जिल्लाको अलिपुरद्वार चौपति, जङ्कसन क्षेत्रमा भाजपा र तृणमूल समर्थकहरूबिच झडप हुँदा दुवै पक्षको समर्थकहरू घाइते बनेको थियो भने पुलिस पुगेर परिस्थिति नियन्त्रण गर्न सफल भएको थियो। यता जयगाउँ क्षेत्रमा पनि भाजपा समर्थकहरूले बन्दको समर्थनमा निस्कँदा झण्डै तृणमूल समर्थकहरूसँग मुठभेडको परिस्थिति उत्पन्न भएको थियो तर पुलिस प्रशासनले यसलाई नियन्त्रण गर्न सफल भएको थियो।


यता कालचिनी र हेमिल्टनगञ्ज क्षेत्रमा तृणमूल नेता र समर्थकहरूले बाटोमा ओर्लिएर बन्दको विरोध गर्दै बन्द दोकानपाट खोलाएको थियो भने यस क्रममा तृणमूल कालचिनी ब्लक सभापति असीम पाख्रिनले भाजपाले सोझै राजनैतिक रोटी सेक्ने काम गरेको र मानिसको भावनालाई खेलेर राजनैतिक लाभ लिन खोजेको तर आरजी कर अस्पतालको दुर्भाग्यपूर्ण घटनाले सबै स्तब्ध बनेको परिस्थितिमा घिनलाग्दो स्टन्ट गर्न खोजेकोले बन्द जनताको हितमा नभएकोले बन्दको समर्थन नगरे तापनि आफूहरू पीडित परिवारले उचित न्याय पाओस् र दोषीलाई कठोर सजाय होस् भन्ने पक्षमा रहेको बताउँदै कालचिनीमा बन्द विफल भएको दाबी गरेका छन्।


यता भाजपा नेताहरूले बन्द सफल भएको बताउँदै कुनै निजी वाहनहरू सडकमा नगुडेको र दोकानपाट र स्कूल कलेज बन्द भएको दाबी गरेका छन्। तथापि बुधबार बन्दको असर चियाबारी उद्योगमा नपरेको, सरकारी कार्यालय र स्कूलहरू सबै खुल्ला रहेको अनि अधिकांश दोकानपाट खुल्ला रहेको र सरकारी बसहरू सबै गुडेको पर्यवेक्षकहरूले जनाएका छन्।

याे पनि हेर्नुस्


Amazon

Kuchipoo Boys Full Sleeves

Kuchipoo Boys Full Sleeves Regular Fit Cotton T-Shirts

Buy Now

Leave a comment