वर्षाको पानीले गाउँहरू जलमग्न, सत्तारूढ़ दल र जनप्रतिनिधिहरूले गरे निरीक्षण

कालचिनीः कालचिनी चियाकमानको झोडा लाईन, गोदाम लाईन, कमार लाईन, मोदी लाईन र पिपलतला लाईनहरूमा वर्षाको पानीले वाटर लगिङको समस्या उत्पन्न भएको छ। गाउँको नाला प्रणाली ठीक नभएकोले र नाला जम्मै फोहोर मैलाले पुरिएकोले नाला र झोडाको पानी गाउँलेको घरमा पसेकोले जनजीवन नै अस्त व्यस्त भएको स्थानीय बासिन्दाहरूले जनाएका छन्।
यता उक्त समस्याको निरीक्षण गर्न सोमबार तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिनलगायत कालचिनी ग्राम पञ्चायत प्रधान ज्योति गुरुङ, कालचिनी पञ्चायत समितिको निर्माण कर्माध्याक्ष बाबुन सुबा अनि जनप्रतिनिधिहरू घटनास्थलमा पुगेको थियो।
मानिसहरूको घरमा पसेको पानीलाई मोटर लगाएर निकाल्ने व्यवस्था तत्काल गरिएको थियो।


स्थिति निरीक्षण पश्चात तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिनले बाढको पानीले घरहरू जलमग्न भएको र कल्भर्ट र नालाहरूको मरम्मती गरिनु पर्ने आवश्यकता देखिएको र यस सम्बन्धमा ब्लक प्रशासन र सम्बन्धित निकायमा एक्सन प्लान बनाएर हाल्ने जनाएका छन्।

Leave a comment