बीटीएमसी एक्ट खारेजको मागसँगै बुद्ध पूर्णिमा पालन गरिने
कालचिनी : आगामी १२ मईको दिन बुद्ध पूर्णिमाको अवसरमा सम्पूर्ण गुम्बाबाट बीटीएमसी एक्ट १९४९ खारेज गर भन्ने दाबी लिएर शान्तिपूर्ण शोभायात्रा निकालिने डुवर्स तामाङ बौद्ध संघको एउटा सभाले पारित गरेको छ| डुवर्स तामाङ बौद्ध संघको केन्द्रिय कमिटीको एउटा सभाले उक्त प्रस्ताव पारित गरेको संघको मूलसचिव कुमार गोलेले जनाएको छ|
सभामा संगठनको शाखा विस्तार, सदस्यता शुल्क संग्रह, पुरानो ब्लक कमिटी विघटन र गर्मी महिनापछि तामाङ गान्बा, ताम्बा र डम्फुरेहरूलाई समेटेर प्रशिक्षणको आयोजना गरिने प्रस्ताव ग्रहण गरिएको बताइएको छ| संघको अध्यक्ष डीबी वाईबाको अध्यक्षतामा सम्पन्न सभाले बुद्ध गयामा चलिरहेको शान्ति आन्दोलनलाई डुवर्स तामाङ बौद्ध संघको नैतिक समर्थन रहेको पनि बताइएको छ| सभाले बुद्ध पूर्णिमा धुमधामसँग पालन गरिने साथै बीटीएमसी एक्ट १९४९ लाई खारेजको दाबी पनि अघि राखेर कोर्बा शोभायात्रा निकालिने कुरामा सर्वसम्मतिले समर्थन गरेको बताइएको छ|
याे पनि हेर्नुस्
