सेन्ट्रल डुवर्स चियाबारीमा ला-गू औ-षध वि-रुद्ध कानुनी जागरुकता कार्यक्रम सम्पन्न
कालचिनी : कालचिनी खण्डको चुवापाड़ा ग्राम पञ्चायत अन्तर्गत भारत भोटाङ सीमान्त गाउँ सेन्ट्रल डुवर्स चियाबारीको राङ्गागमाटी डिभिजनमा लागू औषध दुरुपयोग विरुद्धको कानुनी जागरुकता कार्यक्रम सम्पन्न भयो| कार्यक्रम द आर्ट अफ लिभिङ वाईएलटीपीको आयोजना एवम् डीएलएसए, युगान्तर परिवार र विश्वकर्मा युवा संघको सहकार्यमा सम्पन्न भएको थियो|
कार्यक्रममा अलिपुरद्वार जिल्ला अस्पतालको माननीय न्यायाधीश सुब्रजित मजुमदार, प्रधान सुबान्ति चीक बड़ाइक, डीएलएसए सचिव बिज्ञान बोस, र आर्ट अफ लिभिङ वाईएलटीपीको पक्षबाट रामकुमार लामा, पुनर्स्थापित व्यसनी विश्वजित ब्यानर्जी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो|
कार्यक्रममा लागू औषध सम्बन्धी कानुनी जानकारी पुनर्स्थापनाका सफल अनुभव र निःशुल्क कानुनी सेवाबारे जानकारी प्रदान गरिएको थियो| लोक कलाकारहरूद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रमले कार्यक्रमलाई थप प्रभावशाली बनाएको थियो| प्रशासन, पञ्चायत, र कमान प्रशासनको सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएका छन् भने कार्यक्रममा सहभागी भएका सम्पूर्ण अतिथि, आईसीडीएस कार्यकर्ता, कमानका श्रमिक, कलाकार तथा सहभागीहरूप्रति हार्दिक आभार प्रकट गरिएको छ| कार्यक्रम एक स्वस्थ, लागू औषध मुक्त भविष्य निर्माणतर्फ एक प्रेरणादायी कदम सावित भएको आयोजक कमिटीको पक्षबाट रामकुमार लामा र प्रल्हाद विश्वकर्माले जनाएका छन्|
याे पनि हेर्नुस्
