चुवापाड़ामा शहीद मेजर दुर्गा मल्लको सालिक अनावरण हुने
कालचिनी : आगामी सोमबार बुद्ध पूर्णिमाको दिन कालचिनी खण्डको चुवापाड़ा चियाकमानमा शहीद मेजर दुर्गा मल्लको एउटा पूर्ण कदको सालिक स्थापना हुने भएको छ| आइतवार यसै सन्दर्भमा चुवापाड़ाका शहीद मेजर दुर्गा मल्ल सालिक निर्माण कमिटीको पक्षबाट यस कुराको जानकारी पत्रकार सम्मेलन मार्फत गरिएको छ| पत्रकार सम्मेलनमा आयोजक कमिटीको पक्षबाट समाजसेवी पासाङ लामा, विनम तामाङ, कुणाल लामा र अन्यान्यले बुद्ध पूर्णिमाको दिन एउटा पवित्र तिथि परेकोले नै सोही दिन शहीद मेजर दुर्गा मल्लको सालिक अनावरण कार्यक्रम गरिने निधो भएको जानकारी गराएका छन्|
सो पत्रकार सम्मेलनमा सालिक अनुदान र कार्यक्रमको मूल सुत्रधर समाजसेवी पासाङ लामाले मूलतः डुवर्समा गोर्खाहरूको सम्मान र अस्तित्वको जगेरा गर्ने अभियानमा नै गोर्खा वीर सपूत तथा स्वाधीनता सेनानी शहीद मेजर दुर्गा मल्लको सालिक स्थापना गर्न लागि परेको र कालचिनी चौपति र राजाभातखावापछि चुवापाड़ामा यो तेस्रो सालिक स्थापना गरिने निर्णय लिएको बताउँदै आगामी १२ मई बुद्ध पूर्णिमाको दिन शहीद मेजर दुर्गा मल्लको सालिक अनावरण हुने जनाएको छ| चुवापाड़ाका जनसाधारण र युवाहरूको संयुक्त सहयोगितामा यो सालिक अनावरण कार्यक्रमको अवसरमा चुवापाड़ामा गोर्खे हाट र सॉंझ रङ्गारङ्ग सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिने समाजसेवी पासाङ लामाले थप जनाएको छ|
याे पनि हेर्नुस्
