जयगाउँः कालचिनी खण्ड अन्तर्गत जयगाउँ १ नम्बर ग्राम पञ्चायतस्थित एक स्थानीय सरकारी प्राथमिक पाठशालामा बी.एम.बी क्लबले एक विशेष कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई निःशुल्क छाता र दिवा भोजन वितरण गरेका छन्। बी.एम.बी क्लबको यस विशेष कार्यक्रम प्राथमिक तहका सा-साना विद्यार्थीहरूलाई शिक्षाप्रति रुचि बढाउनु उद्देश्य रहेको थियो भन्ने जानकारी प्राप्त भएको छ।
अहिलेको समयमा कतिपय सरकारी प्राथमिक पाठशालाहरूतिर शिक्षामा रास आएको देख्न पाइन्छ भने त्यसै शिक्षालाई प्रदोन्नत प्रवर्द्धन गर्नको निम्ति जयगाउँ बी.एम.बी क्लब अघि आएको देख्न पाइयो। कार्यक्रमको अवधि ससाना बालबालिकाहरूलाई केही रमाइलो खेल र शिक्षाप्रति रुचि बढाउने विशेष सल्लाह सुझाव प्रस्तुत गरेका थिए भने यसै कार्यक्रममा नानीहरूलाई निःशुल्क छाता र दिवा भोजन पनि वितरण गरेका थिए।
