दलसिंहपाडामा किराँत भवन
दलसिंहपाडा : दलसिंहपाडास्थित दिगबिर लाइनमा डुवर्स किराँत राई समाज संस्कृति साहित्य समितिको तत्प्रयासमा आजदेखि किराँत भवनको निर्माणको कार्य सुरु गरे। डुवर्स किराँत राई समाज संस्कृति साहित्य समितिको दीर्घकालदेखि थातिमा रहेको भवन निर्माण कार्य आजदेखि सुरु भएको छ भने भवन केन्द्रीय कार्यालयमा मात्र सिमित नभएर किराँत राई जातिको सांस्कृतिक केन्द्र पनि रहने छ भनी केन्द्रीय समितिका संयुक्त सचिव दुर्गा थुलुङले बताए। लगभग २५ देखि ३० लाखसम्मको लागतमा निर्माण भइरहेको भवन डुवर्सका सम्पूर्ण किराँतीहरूले यथाशक्ति राशी सङ्कलन गरी निर्माण भइरहेको जानकारी पनि दुर्गा थुलुङले गराए। आज भवनको सम्पूर्ण लेआउट नापजोख अभियान्ता निरज राईले आफ्नो उपस्थितिमा गराए भने निर्माण कार्यको ठिका मिलन राईलाई सुम्पिए। सम्पूर्ण ग्राउन्ड लेभलदेखि एक छत माथिसम्म लगभग एक महिनाभित्र सकिने मिलन राईले विश्वस्त दिलाए।
![किराँती- निया राई र सुबोला राई](https://matokuri.com/wp-content/uploads/2024/03/Untitled-design-8.jpg)
भवनको नापजोख र लेआउट गर्न पूर्व केन्द्रीय समितिका पदाधिकारी सदस्य र भवन निर्माण समितिका पदाधिकारी सदस्यहरू उपस्थित भएर ठेकादार मिलन राईलाई एग्रिमेन्ट गरी भवन निर्माण कार्य सुम्पिए। त्यसैगरी सिक्किम अखिल किराँत राई समाजको युवाहरूद्वारा आयोजित मिस्टर राई र मिस राई (खान्नुपा र खान्नुमा) प्रतियोगितामा भाग लिने निया राई, खोक्ला बस्ती र सुबोला राई, हाटखोला जयगाउँ-लाई डुवर्स किराँत राई समाज संस्कृति साहित्य समितिद्वारा खदा (बेत्ते बुङ) लगाई सम्मान तथा बधाई अर्पण गरे। यसै सिलसिलामा हाम्रो यो सानो ठाउँबाट पनि यत्रो भव्य कार्यक्रममा सहभागिता जनाउनु पनि ठूलो कुरा हो । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूमा हाम्रा डुवर्सका नानीहरूले भाग लिउन भन्दै केन्द्रीय समितिका महासचिव प्रशान्त थुलुङले शुभकामना दिए। आजको यस उपस्थितिमा (मिस्टर खान्नुपा र मिस खान्नुमा) कार्यक्रममा सहभागी जनाउने नानीहरूको अभिभावकलाई पनि केन्द्रीय समितिको पक्षबाट बेत्तेबुङ लगाएर सम्मान अर्पण गरे।
![किराँत भवन निर्माण कार्यकाे थालनीमा उपस्थित किराँतीहरू](https://matokuri.com/wp-content/uploads/2024/03/Untitled-design-9.jpg)
आजको यस भेलामा कवि/कथाकार अबिर खालिङ, आशबहादुर लिम्बू , केन्द्रीय समितिका अध्यक्ष जेठा राई, प्रशान्त थुलुङ, गङ्गाबहादुर राई, अभि राई, निराज राई, निर्माण समितिका अध्यक्ष जुगेश राई, दुर्गा थुलुङ, महेश राई, प्रेमचन्द्र राई आदिको बाक्लो उपस्थित रहेको थियो ।