जयगाउँः सि.एस.आइ.आर युजीसी नेसनल एलिजिबल टेस्ट (नेट) परीक्षामा सफलता हासिल गरेकी सुमनी राईलाई बधाई दिन आज डुवर्स किरॉंत राई समाज संस्कृति साहित्य समितिका पदाधिकारीहरू जयगाउँस्थित देवकोटा टोल सुमनी राईका घरमा पुगेका थिए। जयगाउँकी छोरी सुमनी राईले हालैमा सर्वभारतीय स्तरमा सञ्चालन हुने सीएसआईआर युजीसी नेट परीक्षामा देशभरमा १० औँ स्थान प्राप्त गरी सफलता हासिल गरेकी छन्। त्यसै सफलताको फलस्वरूप आज डुवर्स किरॉंत राई समाज संस्कृति साहित्य समिति तिनको घरमा पुगी सम्मान गरेका थिए। यस अवसरमा डुवर्स किरॉंत राई समाज संस्कृति साहित्य समिति जयगाउँ शाखाका प्रमुख सल्लाहकार किशोर राईले सम्मान पत्र पठन गरेपछि तिनलाई केन्द्रीय समितिका महासचिव प्रशान्त थुलुङको बहुलीबाट अर्पण गरे भने केन्द्रीय समितिको कोषध्यक्ष विकास बान्तवा, जयगाउँ शाखाका महासचिव सरोज राई,सहसचिव किरण राई,कोषाध्यक्ष ओशोक राई, सदस्य जितबहादुर राईले (बेतेबुङ) खदा लगाएर सम्मान जनाए।
यसै क्रममा केन्द्रीय समितिका महासचिव प्रशान्त थुलुङले भने, सुमनी राईले सफलता हासिल गर्नु भनेको व्यक्ति र परिवारको मात्र सफलता होइन यो हामी सम्पूर्ण खम्बु किरातीहरूको सफलता हो। छोरी सुमनी जस्तै अझ हाम्रो खम्बु राई समाजमा आउनुपर्छ भने। यसै सिलसिलामा जयगाउँ शाखाद्वारा शाखा कोषाध्यक्ष अशोक राईको बाहुलीबाट केही आर्थिक राशि पनि प्रदान गरेका थिए। ज्ञात रहोस् सुमनी राईले सि.एस.आइ.आर युजीसी नेट परीक्षामा सफलता हासिल गरेपछि तिनलाई सम्मान दिन सम्पूर्ण गोर्खे समाज, छरछिमेकी, ग्राम पञ्चायत,जेडीए लगायत विभिन्न संघ संस्थाहरूले आइरहेका छन्।
