डुवर्स तामाङ बौद्ध संघको छैठौँ स्थापना दिवस पालित

डुवर्स तामाङ बौद्ध संघको छैठौँ स्थापना दिवस पालित


चाल्साः डुवर्स तामाङ बौद्ध संघको छैठौँ स्थापना दिवस सोमबार डुवर्सको चाल्सा मङ्गलबारीस्थित महागुर नर्बु छ्योइलिङ बुद्धिस्ट मोनास्ट्रीमा सम्पन्न भयो। संघको अध्यक्ष धनबहादुर वाईबाको अध्यक्षता एवम् संघको धर्मगुरु लामा साङ्गे योन्तेनको उपस्थितिमा सम्पन्न सो समारोहमा डुवर्सको कालचिनी, जयगाउँ, दलसिंहपाड़ा, मेचपाडा, भाटपाडा, अच्छापाडा, राइमटाङ, लोथाबारी, बीरपाडा, दुम्सीपाडा, लङ्कापाडा, सेन्ट्रल डुवर्स, बानरहाट, चमर्ची, लखिपाडा, माल, मटेली आदि शाखाका प्रतिनिधि अनि केन्द्रिय सदस्यहरूको उपस्थिति रहेको थियो। समारोह शुरुवात राष्ट्रिय तिरङ्गा झण्डालगायत संघ अनि धर्मको झण्डा उत्तोलनबाट गरिएको थियो।


संघको ज्ञात अज्ञात स्वर्गीय संस्थापक अनि सदस्यहरूको स्मरणमा एक मिनटको मौन धारणपछि आयोजक कमिटीको पक्षबाट शोभा लामाले स्वागत वक्तव्य राखेकी थिईन् भने संघको प्रतिवेदन मूलसचिव कुमार गोलेले प्रस्तुत गरेको थियो। सो समारोहमा नै संघको नवनिर्वाचित पदाधिकारी एवम् केन्द्रिय सदस्यहरूको परिचय राखेपछि संघको अध्यक्ष र मूलसचिव एवम् धर्मगुरु लामा साङ्गे योन्तेन, तामाङ समाजसेवी शोभा लामा, मटेली ब्लक सचिव औ वर्ष २०२३ मा डुवर्सव्यापी सोनम ल्होछार आयोजक कमिटीको प्रमुख बीरपाडा निवासी सुमन पाख्रिन एवम् अन्यान्यलाई स्मृति चिन्ह प्रदान गरिएको थियो भने स्थानीय तामाङ नृत्य कलाकारहरूले सुन्दर तामाङ नृत्य प्रस्तुत गरेको थियो।


समारोहमा संघको केन्द्रिय सदस्य तथा सहसचिव श्याम थोकर, केन्द्रिय सदस्य प्रेम घिसिङ, सुमन पाख्रिन, दिलीप लामा, एवम् अन्यान्यले संघले छैटौँ वर्षपुर्ति गरेकोमा शुभकामना साथै संघको विस्तारबारे चर्चा गरेको थियो। आगामी दिनमा नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरूले नयाँ कार्यभार लिएर संघको विस्तार शाखा विस्तार अनि सरकार समक्ष ल्होछारको विदा एवम् भाषा, साहित्य र संस्कृतिको संरक्षणमाथि काम गर्ने छलफल सम्पन्न भएको मूलसचिव कुमार गोलेले जनाएका छन्।

याे पनि हेर्नुस्


AMAZON

Soft Silk Saree With Blouse Piece

SGF11 Women’s Kanjivaram Soft Silk Saree With Blouse Piece

Buy Now

Leave a comment