कालचिनीः डुवर्सको बक्सा पर्यटकीय मानचित्रमा समावेश वनछाया गाउँमा पर्यटन वृद्धि गर्न जिल्ला प्रशासन साथै स्थानीय गाउँलेहरूको प्रयास चलिरहेको क्रममा आइतवारदेखि विश्व पर्यावरण दिवसलाई साक्षी राखेर दुई दिवसीय जैव विविधताको संरक्षणमाथि कार्यशाला सम्पन्न भएको जानकारी आयोजक रामकुमार लामाले दिएको छ। यसै क्रममा दि नेचर बीकम्स असमका प्रख्यात पर्यावरणविद् सौम्यदीप दत्ताले वनछायाका होमस्टे सञ्चालकहरू एवम् स्थानीय लोक कलाकारहरूलाई समेटेर पर्यटन आकर्षणको जैविक उपाय र मौलिकतामाथि विशेष कक्षा गराएको थियो। यसै सिलसिलामा कार्यशालाका प्रशिक्षक सौम्यदीप दत्ताले धैरे चोटी बक्सा पर्यटन सम्बन्धित कार्यशालामा आएको र नयॉं स्थानान्तरण गाउँ वनछायाले पर्यटनको असीम सम्भावना बोकेकोले यहॉंको पर्यटन विकासमा मौलिकता ल्याउन अनि जैविक विविधता समेटेर कसरी पर्यटन विकास गर्न सकिने यसको बारेमा दुई दिवसीय जैव विविधताको संरक्षणमाथि कार्यशाला गरिएको बताए।
आयोजक आर्ट अफ लिभिङ वाईएलटीपीको पक्षबाट रामकुमार लामाले वनछायालाई पर्यटनसँगै एउटा कला गाउँमा रुपान्तरित गर्न के के उपायहरू गर्न सकिन्छ सो विषयमा नै प्रसिद्ध पर्यावरणविद् सौम्यदीप दत्ताको संसर्गमा दुई दिवसीय कार्यशाला सम्पन्न भएको र आगामी दिनमा अझै नयॉं प्रयोग कार्यक्रम वनछायामा गरिने योजना बनाइएको जनाएको छ।
