घरबाट 14 फिट लामो कोब्रा उद्धार

घरबाट 14 फिट लामो कोब्रा उद्धार

बीरपाडाः मदारीहाट बीरपाडा ब्लक अन्तर्गत तथा लंकापाडा रेन्जको पुँवरगाउँ, टोटोपाडाको एक घरमा ठूलो सर्प किङ कोब्रा वन विभागले उद्धार गरेको घटना प्रकासमा आएको छ। टोटोपाडा पुँवरगाउँ निवासी दिलीप लामाको घरभित्र उक्त किङ्ग कोब्रा साँप देख्दा घरका सबै सदस्यहरू आत्तिएर घरबाट बाहिर निस्किएको थियो।
घरको सदस्यहरूले वन विभागलाई यसको सूचना दिँदा द्रुत प्रतिक्रिया देखाउँदै लंकापाडा रेन्जको वनकर्मी टोली घटनास्थलमा पुगेको थियो। किङ कोब्राको आकारलाई ध्यानमा राख्दै कर्मचारीहरूको एक टोली सावधानीपूर्वक उपकरणसहित घरभित्र प्रवेश गरपछि अन्ततः कुनै अप्रिय घटना बिना घरबाट सर्पलाई उद्धार गरि बाहिर निकाल्न सफल भएको थियो। सर्प लगभग १४ फिट लामो र आकारमा ठूलो रहेको थियो भने यसलाई पहिले झोलामा सारिएको थियो त्यसपछि सबैको सुरक्षाको लागि विशेष रूपमा डिजाइन गरिएको काठको बक्समा हालेर लगिएको थियो। जल्दापाडा टोलीहरूले सर्पलाई गहिरो जंगलमा लगेर सकुशल छोडेको जनाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment