ग्रामबासी बन्द गरेको सडक निर्माण कार्य पुन सुचारु हुने

पुरानो सडक भत्किएको अलकत्र र रोडाहरू सबै उक्काएर सबै नयाँ पारामा काम हुने

सडक निर्माणको बजेट 78 लाख 56 हजार 8 सय 22 रूपियाँ रहेकाे छ

दलसिंहपाडाः दलसिंहपाडा रणबहादुर बस्ती एक नम्बर ब्लकमा प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत पुनर्निर्माण भइरहेका कार्य गाउँलेको असन्तुष्टिमा बन्द भएको थियो। सो सडक पुनर्निर्माण कार्य विषयलाई लिएर आज दलसिंहपाडा ग्राम पञ्चायत कार्यालयमा पञ्चायत प्रधान माया आले, उप–प्रधान दिलीप थापा लगायत पार्ट नम्बर ७२ मा पञ्चायत सदस्य कान्छा लामा गाउँलेहरूबिच एक औपचारिक सभा बसेको थियो। उक्त सभामा सडक निर्माण ठेकादार नसिब अक्तर पनि उपस्थित थिए। ठेकादार नसिबलाई गाउँको पक्षमा पञ्चायत सदस्य कान्छा लामाले केही प्रश्नहरू राखे भने त्यस प्रश्नको उत्तरमा ठेकादारले आफू स्वयम् र इजिनियरको अनुपस्थितिमा काम गर्नेहरूले राम्रोसँग काम नगरिदिएको भन्दै अब भने आफू स्वयम् उपस्थित रहेर काम लगाउने र जनताले चाहे जस्तै काम हुनेछ, पुरानो सडक भत्किएको अलकत्र र रोडाहरू सबै उक्काएर सबै नयाँ पारामा काम हुनेछ भनि आश्वसन दिए साथै अब बनिन्दै गरेका सडकमा तीन इञ्चको अलकत्रे ढलाई हुने विश्वास्त दिलाए।

यता बनिन्दै गरेको सडक निर्माण कार्य बन्द गर्नुको कारण जनताले चाहे जस्तो काम नभएको र आज पञ्चायत प्रधान र उप–प्रधानको समुख ठेकादार अब राम्रो काम गर्नेछु भनि आश्वसन दिएपछि जनताले काम गर्न छुट दिएको कुरा पञ्चायत सदस्य कान्छा लामाले जनाए। केही दिनदेखि ग्राम जनताको असन्तुष्टि बन्द रहेको सडक निर्माण कार्य अब पुन सञ्चालनमा आउने छ। ठेकादार पनि हाम्रै जनता र ग्रामबासी पनि हाम्रै जनता हो र सडक भने साझा सम्पति रहेको हुनाले राम्रो पारामा नै निर्माण होस् भन्ने हामी चाहान्छौँ र राम्रो हुन पनि पर्छ । यदी आगामी दिनमा जनताले चाहे जस्तो सडक निर्माण नभए हामी प्रसासनिक रुपका कार्वाही गर्ने छौँ भनि दुबै पक्षलाई सम्झाएको उप–प्रधान दिलीप थापाले जनाए।

काम शुरुमा राम्रै गरेको र काम हुँदै जाँदा लाबरलुबुर काम भएकोले हामी गाउँलेको चित्त नबुझ्दा काम रोकेका थियौँ । आज पञ्चायत प्रधान र उप–प्रधानको सामु अब राम्रो काम गर्ने आश्वसन दिएपछि जनताले काम गर्न दिने भएको र फेरि पनि नराम्रो काम भए ग्रामबासी सडकमा निस्कने छ भनि गाउँलेको पक्षमा आवन मगर भने। आज बसेको औपचारिक सभामा ग्राम पञ्चायत प्रधान माया आले, उप–प्रधान दिलीप थापा, पञ्चायत सदस्य कान्छा लामा, पञ्चायत समिति महेन्द्र धमला, कमल लामा, आवन मगर, केशव छेत्री, मिलन छेत्री, चन्द्रे राई लगायत ग्रामबासी उपस्थिति रहेको थियो ।

याे पनि हेर्नुस्

Amazon

CrossBeats Blaze B24 Bluetooth BT Speaker

CrossBeats Blaze B24 Bluetooth Soundbar 24W, Gaming RGB Lights, AUX, Bluetooth, USB, FM & TWS I Fast SnapCharge Battery, Multiport Connectivity, BT Speaker for TV, Mobile, PC, Laptops, Tablets Black

Buy Now

Leave a comment