विधायक लामाले हावा हुन्डुरीले क्षतिग्रस्त घरहरूको निरीक्षण गरे
कालचिनीः गत २८ अप्रेलको अपरान्ह समय अचानक आएको काल बैशाखीको हावा हुन्डुरीले क्षतिग्रस्त बनेका घरहरूको मरम्मतीको निम्ति कालचिनी विधायक विशाल लामा अघि आएका छन्। विधायक लामाले क्षतिग्रस्त घरहरूको निरीक्षण गरेपछि आफ्नो तहबिलबाट बिहीबार प्रायः १५ घरहरूलाई टिन च्यादर प्रदान गरेको जनाएका छन्स।बैलाई भनेजस्तो मदत गर्न नसके तापनि जति सक्छ त्यति मदत पुर्याउने कोशिश गरिएको तिनले जनाएका छन्।
उक्त हावा हुन्डुरीले कालचिनी खण्डको मेचपाडा चियाकमान एवम् गाउँमा व्यापक क्षति पुर्याएको थियो भने भाग्यवश कसैको ज्यान भने उक्त प्राकृतिक घटनामा नगएकोले गाउँलेहरू ढुक्क बनेका छन्। यद्यपि श्रमिक परिवारको घरहरु भत्किएको ५ दिन बितिसक्दा पनि कमान प्रबन्धनपक्षले कुनै पहल नगरेको पीडित श्रमिक परिवारहरूले जनाएका छन्।