आईसीएसई बोर्डका बून स्कूल टपर अभय सुब्बालाई सम्वर्द्धना


कालचिनीः
यसपालीको आईसीएसई बोर्डको परीक्षाफलमा कालचिनी खण्डको हेमिल्टनगञ्जस्थित बून स्कूलबाट हेमिल्टनगञ्ज लिम्बु लाईनका अभय सुब्बा (पिता अनन्त सुब्बा, माता कौसी सुब्बा) ले ९० प्रतिशत अंक ल्याएर स्कूल टपर बनेकोमा लिम्बु सुब्बा विकास समिति अलिपुरद्वार जिल्ला कमिटीको पक्षबाट सम्वर्द्धना प्रदान गरियो। बुधबार सॉंझ लिम्बु सुब्बा विकास समिति, अलिपुरद्वार जिल्ला कमिटीको सभापति आसबहादुर लिम्बु र सचिव महिपाल सुब्बाको बाहुलीबाट स्कूल टपर अभय सुब्बालाई तिनको घरमा पुगेर सम्वर्द्धना प्रदान गरिएको सचिव महिपाल सुब्बाले जनाएको छ।
यस अवसरमा समितिको सभापति आसबहादुर लिम्बु र सचिव महिपाल सुब्बालगायत अलिपुरद्वार जिल्ला कमिटीको कोषाध्यक्ष पीबी सुब्बा, जिल्ला सदस्य सन्दिप सुब्बा र तुलसीराज सुब्बाको उपस्थिति रहेको थियो। भविष्य अझै उज्जवल भएको हेर्न पाउँ भन्दै लिम्बु सुब्बा विकास समितिको सदस्यहरूले बून स्कूल टपर अभय सुब्बालगायत तिनको माता पितालाई खदा पहिराएर सम्मान जनाएको थियो।

Leave a comment