ईद पालन

कालचिनीः ईद उल फितरको उपलक्ष्यमा सोमबार कालचिनी जामा मस्जिदमा पनि ईद पालन गरियो। कालचिनी जामा मस्जिदमा यस उपलक्ष्यमा कालचिनी क्षेत्रका इस्लाम धर्म अनुयायीहरूको बाक्लो उपस्थिति रहेको थियो। यस अवसरमा कालचिनी तृणमूल कंग्रेसका नेता अनि प्रतिनिधिहरूलाई जामा मस्जिदका प्रतिनिधिहरूले स्वागत जनाएको थियो।
जामा मस्जिदको पक्षबाट हैदर अली अन्सारीले पवित्र ईदको उपलक्ष्यमा सम्पूर्ण धर्मावलम्बीहरूमा भाईचाराको सन्देश रहेको जनाउँदै भारत देशको सम्वृद्धि र साम्प्रदायिक सद्भाव बनि रहोस् र कसैको मन दुखाएको र दुखेको कुरालाई ईदको बेला सबै भूलेर सबैलाई नै ईद उल फितरको शुभकामना रहेको सन्देश दिएको छ।

याे पनि हेर्नुस्


Leave a comment