जयगाउँमा नवौँ अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
जयगाउँ : जयगाउँस्थित अग्रेसन भवनमा नवौँ अन्तरविद्यालय हाजिरी जब प्रतियोगिता २०२५ युथ स्पोर्टिङ क्लब जयगाउँको आयोजनामा सम्पन्न भएको थियो| उक्त नवौँ हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथिको रूपमा डिस्ट्रिक्ट एजुकेसन अफिसर (डि.इ.ओ.) जितेन्द्र तामाङ रहेका थिए भने विशिष्ट अतिथिको रूपमा डब्लुबीएससी एक्जुकेटिभ विप्लव बल र सुधन मोक्तान,एयर फोर्सका विङ कमाण्डर चैतन्य सूर्यवंशी, कालचिनी विधानसभाका एम.एल.ए.विशाल लामा अग्रसेन सेवा ट्रस्टका सभापति अनिल अग्रवाल, सिनियर ट्रस्टी विजय अग्रवाल आदिको उपस्थिति रहेको थियो|

दुई दिवसीय नवौँ अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता-२०२५, २६ अप्रेल २०२५ शनिबारदेखि आरम्भ भएको थियो भने आज यसैको ग्राण्ड फिनाले रहेको थियो| यस हाजिरी जवाफ प्रतियोगितामा जम्मा २६ वटा विद्यालयले भाग लिएका थिए| जसमा छिमेकी राष्ट्र भुटानले पनि प्रतियोगितामा भाग लिएका थिए| २६ वटा विद्यालयबाट जम्मा छवटा विद्यालयलाई ग्राण्ड फिनालेमा चयन गरिएको थियो| ग्राण्ड फिलालेमा चयन भएका विद्यालयहरू सेन्ट एन्थोनी कन्भेन्ट स्कुल, चिनारी एकाडेमी, सनराइज इंग्लिस स्कुल, एस.एच.एम.डि.स्कुल, सेन्ट जोन्स स्कुल र नर्बु एकाडमी भुटान रहेका थिए| ग्रान्ड फिलालेमा पुग्ने छवटा विद्यालयमध्ये सनराइज स्कुल जयगाउँ प्रथम, एस.एच. एम.डी. स्कुल दोस्रो र सेन्ट एन्थोनी कन्भेन्ट स्कुल तेस्रो स्थान हासिल गर्न सफल भएका थिए| यस हाजिरी जवाफ प्रतियोगिताको प्रश्नकर्ताको रूपमा क्विज मास्टर सुरजमनि प्रधान रहेका थिए| यस नवौँ अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता स्वर्गीय रबिन राईको स्मृतिमा युथ स्पोर्टिङ क्लब जयगाउँको आयोजनामा रहेको थियो भने सहआयोजकको रूपमा अग्रसेन सेवा ट्रस्ट जयगाउँ रहेका थिए| युथ स्पोर्टिङ क्लब जयगाउँका सभापति गोपाल स्याङदेन, उपसभापति रोशन प्रधान सल्लाहकार वाङ्गेल लामा आदि रहेका छन् भने यस कार्यक्रमको प्रायोजक विक्रम राई र विक्रान्त राई रहेका थिए|

कार्यक्रम आयोजकको पक्षमा वाङ्गेल लामाले भने यस भव्य प्रतियोगिता कार्यक्रममा विजय हुने तीनवटा विद्यालयलाई हार्दिक बधाई साथै भाग लिने सम्पूर्ण विद्यालयलाई धन्यवाद प्रकट गरे| हाम्रो कार्यक्रमको शोभा बढाउन उपस्थित भइदिने प्रमुख अतिथि अतिथिहरूलाई धन्यवाद साथै सहआयोजकको रूपमा कार्यक्रमलाई सहयोग पुर्याउने अग्रसेन सेवा ट्रस्ट र कार्यक्रम प्रायोजक विक्रम राई र विक्रान्त राईलाई विशेष धन्यवाद व्यक्त गरे|

त्यसैगरी यस हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान ओगट्न सफल विद्यालय सनराइज स्कुलको प्रिन्सिपल मेघना प्रधान र शिक्षक विकास बान्तवाले भने, यस प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएकोमा सम्पूर्ण सनराइज स्कुल देवकोटा टोल जयगाउँ परिवार अत्यन्तै हर्षित भएका छौँ| यसको निम्ति हामी युथ स्पोर्टिङ क्लब जयगाउँलाई धेरै धेरै धन्यवाद प्रकट गर्दछौँ, साथै हाम्रो स्कुलका सम्पूर्ण शिक्षक लगायत विद्यार्थीहरूलाई पनि हार्दिक धन्यवाद व्यक्त गरेका छन्|
याे पनि हेर्नुस्
