जयगाउँमा फोहोर व्यवस्थापन विषय लिएर पुलिस प्रशासनले गरे सभा


जयगाउँः जयगाउँ थानास्थित हनुमान मन्दिर धर्मशालामा जयगाउँ पुलिस प्रशासनको आह्वानमा फोहोर मैला व्यवस्थापन विषय लिएर सभा गरे। उक्त सभामा जयगाउँका सबै सङ्गठनहरू मार्चेन एसोसिएसन, भोजपुरी युवा मञ्च, म्याजिकल एसोसिएसन, गार्बेज कलेक्सन टिम, टेलर एसोसिएसन, फुटपाथ एसोसिएसन लगायत जयगाउँका गन्यमन्य समाजसेवी व्यक्तिहरूको उपस्थिति रहेका थिए भने जयगाउँ ग्राम पञ्चायतका प्रधान, उपप्रधान साथै सबै संघ सङ्गठनको सभापति सचिवहरूको उपस्थिति रहेको थियो। केही दिनअघि मात्र जयगाउँ थाना प्रशासनको तर्फबाट माइकिङ गरेको जान्नमा आएको छ।

यस सभामा कुनै पनि व्यक्तिले जयगाउँ क्षेत्रमा फोहोर फ्यॉंके वा मैला फ्याकिएको भेट्टाएमा पुलिस प्रशासनको तर्फबाट त्यस व्यक्तिलाई जरिमाना गरिनुका साथै एउटा सानो केस पनि लगाइने विषय पारित गरेका छन्। फोहोर व्यवस्थापन विषयलाई लिएर राखिएको उक्त सभामा मार्चेन्ट एसोसिएसनको तर्फबाट आर.एस. गुप्ता, भोजपुरी युवा मञ्चको तर्फबाट सुबोध गुप्ता, सुपर मार्केट क्षेत्रबाट रमेश जयसवाल, मरवाड़ी युवा मञ्चबाट जयन्त मुद्रा, जयगाउँ ग्राम पञ्चायत प्रधान अन्जु खातुन, उपप्रधान फूर्वा लामा र जयगाउँका कर्मठ समाजसेवी गणेशबहादुर प्रधान आदिले आआफ्नो मन्तव्य राखेका थिए।


फोहोर व्यवस्थापन विषय लिएर जयगाउँ ग्राम पञ्चायतको तर्फबाट माइकिङ हुने जानकारी पनि प्राप्त भएको छ। यदि कसैले पनि यस तोकिएको नियम उल्लङ्घन गरेको खण्डमा कड़ा रूपमा कारबाही गरिने छ भन्ने जानकारी जयगाउँका समाजसेवी मनोजकुमार श्रेष्ठले गराएको छ। यसरी जयगाउँको फोहोर व्यवस्थापन विषय लिएर बसिएको सभाको सञ्चालन मनोज कुमार श्रेष्ठले गरेका थिए। ज्ञात रहोस् केही महिनाअघि मात्र जयगाउँ थाना प्रशासनको तर्फबाट जयगाउँको वरिपरि सफाई अभियान चलाएका थिए भने जयगाउँको सड़क किनारमा रहेको अव्यवस्थित पार्किङ हटाई जयगाउँ शहरलाई केही दिनका निम्ति स्वच्छ र सफा बनाएका थिए तर त्यसको केही दिन नबित्दै फेरि पहिलेको जस्तै अवस्थामा ल्याएको देख्न पाइएको थियो।

Leave a comment