कालचिनी चियाकमानमा वेतन लिएर धरना

कालचिनी चियाकमानमा वेतन लिएर धरना


कालचिनी : बक्सा डुवर्स टी कम्पनी लिमिटेड अधीनस्थ रहेको कालचिनी र राइमाटाङ चियाबारीमा फेरि बुधबार श्रमिकहरू काममा नगई धरनामा बसे। होली पर्व मुखैमा हुँदा पनि एक पाक्षिक वेतन आजसम्म नदिएकोले श्रमिकहरू काममा जानको सट्टा फ्याक्ट्री गेट अघि बसे। बिहानको खाजा लिई काममा जान निस्किएका श्रमिकहरूले धरनामा बसेर खाजा खाँदै कमान खोलेको ३ महीना बितेर गयो तर कमान प्रबन्धनपक्षले कहिले वेतन समयमा नदिएको आरोप लगाएका छन्।

यस सम्बन्धमा धरनामा बसेका श्रमिकहरूले होली पर्व मुखैमा छ वेतन दिन जहिले पनि मालिक तथा प्रबन्धनपक्षले ढिल्याई र बहाना गर्ने आदत बसेको बताउँदै होलीको छुट्टी अघि नै श्रमिकको एक पाक्षिक वेतन नगद दिनु पर्ने दाबीलाई अघि सारेका छन्। श्रमिक महिलाहरूले मुख्यमन्त्रीको आगमन अघि डुवर्सको चियाकमानहरू बन्द नदेखाउन हत्तारमा आएको फाइनेन्सरहरूले कमान खोलाएतापनि काम गरेको वेतन समयमा नदिएको यही क्रम पुरानो फाइनेन्सरहरूको पालादेखि चल्दै आइरहेको चलन कालचिनी र राइमटाङ चियाबारीमा रहेको जनाएका छन्। सम्पूर्ण श्रनिकहरू नै काममा नगई धरनामा बसेको सम्बन्धमा कमानको यूनियन नेताहरूले पनि श्रमिकहरूलाई नै समर्थन गर्दै यस्तै पारा हो भने मालिकपक्षलाई कुनै सहयोगिता गर्न नसकिने जनाएका छन्। यता कमान प्रबन्धनपक्षले बिहीबारसम्म वेतन दिने आश्वासन दिएकोवे श्रमिकहरूले बिहीबारसम्म हेर्ने नत्र श्रमिकहरू सबै हड़तालमा ओर्लिने चेतावनी दिएका छन्।

याे पनि हेर्नुस्


Leave a comment