केही ऐतिहासिक तथ्य र केही कथ्यहरूबारे संक्षिप्त टिप्पणी-अन्तिम भाग

डा. जमदग्नि उपाध्यायको कृति ‘जाति समस्या र नेपाली जाति’ को


गोर्खाल्याण्डको माग यही जातीय भावनाको आत्म प्रकाश हो

                                                -ड. जमदग्नि उपाध्याय

 भारतको कम्युनिष्ट पार्टी (मार्क्सवादी) कार्यक्रमको भाग-५ मा ‘राज्यको ढाँचा र कांग्रेसका शासनमा जनतन्त्र’’ शीर्षकमा लेखेको छ :

 धारा ५.७ : स्वाधीनतापछि कांग्रेसको नेतृत्वबाट के आशा गरेका थियोँ भने यसले गणतांत्रिक भारतको राज्यका ढाँचाहरूका पुनर्गठन भाषा आधारमा बनेका राज्यहरूलाई पूर्णतः स्वायत्त शासन र उपजाति- हरूका अंचलहरूलाई आंचलिक वा स्थानीय स्वायत्त शासनको आधारमा गर्नेछ। यद्यपि जनताका दबावमा आएर र जनताका संघर्षहरूका पृष्ठभूमिमा यसले सामन्ती रियासतहरूलाई लोप गरिदियो र भारतीय संघमा उसलाई मिलाइदियो, र पनि अदूरदर्शी र प्रतिक्रियावादी इजारेदार गुटहरूका प्रभावले भाषा आधारित सबै राज्यहरूलाई पुनर्गठन गर्नु अस्वीकार गरिदियो। अन्तमा यी समस्याहरूका समाधान जनतांत्रिक जनसाधारणका संघर्षका दबावले भयो, यद्यपि अलि-अलि अहिले पनि केही समाधान नभएका समस्याहरू बाँकी छन्।”

 धारा ५.८ : “भाषाको समस्याको समाधान सन्तोषजनक तरीकाहरूबाट भएको छैन। विभिक्ष राज्यहरूका भाषाहरूलाई अब पनि प्रशासन र अड्डाहरूका भाषा तथा शिक्षाको माध्यमका स्तरमा पुन्याउनु बाँकी छ। अङ्ग्रेजी प्रशासन शिक्षाको क्षेत्रमा अहिले पनि हाबी छ। प्रशासन र शिक्षाको क्षेत्रभा आञ्चलिक भाषाहरूलाई आफ्ना अधिकार दिलाइनुभन्दा पहिल्यै र त्यस हालतमा जब कि संसद र केन्द्रीय प्रशासनमा त्यसको व्यावहारिक रूपमा बराबरीको स्थान दिनलाई अस्वीकार गर्दछ। गैर हिन्दी भाषा-भाषी मानिसहरूमाथि अङ्ग्रेजीको सट्टा हिन्दी लाद्‌ने प्रयास भइरहेछ । बसले के डर उम्रिन्छ भने तिनीहरूका भाषाहरूलाई अधिकारको स्थान दिइने छैन।” (माकपोको नवौं पार्टी कांग्रेस द्वारा संशोधित कार्यक्रम)(भाषा समस्या र मार्क्सवाद, पृष्ठ- 32-33)

 “भूमिबाट पैदा हुने नेपाली जातीयतावादको एउटा ठोस कारण छ – अरु कतिपय जातिसत्ताको लागि तोकिए जस्तै नेपाली मानिसहरूको लागि पनि एक निर्दिष्ट ‘जातीय- परिचायक भूखण्ड तोकिनु पर्दछ भन्ने मागमा । हालैमा मचिएको ‘ गोर्खाल्याण्ड को माग यही जातीय भावनाको आत्म प्रकाश हो।” (पृष्ठ:186)

 “अर्थनैतिक र सांस्कृतिक कारणहरू पनि अनेक छन् जसले नेपाली जातीय भावनालाई निकै दाना पानीको मदत पुराएका छन्।” (पृष्ठ;186)

 डा. जमदग्नि उपाध्यायजीले सठीक रूपमा नागरिकता र भोटको अधिकारको प्रश्नहरू विभिन्न ठाउँहरूमा समाधान नभएकोले पनि नेपाली जातीयतावाद धनीभूत हुनुलाई सहायक बनेको वास्तविक तथ्यलाई स्वीकार गर्नु भए तापनि उनले भारतीय विभिन्न राज्यमा प्रदेशहरू तिर यो जातीयतावाद स्थानीय प्रादेशिक चरित्र लिएका तथ्यहरूलाई पनि उल्लेख गर्नु भएको छ। साथै डा. जमदग्निजीले प्रादेशिक विचित्रताले प्रभावित जातीय वैशिष्ठयताहरूमा विविध रूपहरूमा सम्वर्धित हुन लागेका यथार्थ तथ्यहरूलाई स्वीकार गर्दै लेखक भन्नु हुन्छ –

“…त्यसैले गर्दा नेपालीहरूमा जातीय – आन्दोलनहरूमा श्रृष्टि भएका घटना प्रवाहले पनि कहिले काहीँ प्रादेशिक प्राधान्यता लिएका देखिन्छन्।”

  •  “गोर्खाल्याण्ड’ को आन्दोलनले उत्तरबङ्गालमा प्राधान्यता पायो।“
  •  “नागरिकता को समस्याले आसाममा प्राधान्यता पाएको छ।“
  •  “राज्यिक भाषाको प्रश्नले सिकिममा र निरपत्ताको सवाल हालैमा मेघालयमा परेको छ।”

यसरी उनले भारतीय नेपाली जातीयताका विविध रूपी समस्याहरूलाई भारतीय प्रादेशिक वैशिष्ठ्यताका आधारहरूमा भएका तथ्यहरूलाई उल्लेख गर्नु भएर नै भारतीय संघीय राज्यहरूमा नेपालीका जातीय समस्याहरूलाई भारतीय राजनीतिक समस्याहरूको केन्द्र विन्दुको रूपमा प्रस्तुत गर्न चाहेको बुझिन्छ।

डा. जमदग्नि उपाध्यायजी जातिसत्ता भित्र पनि वर्ग चरित्रलाई मान्नु हुन्छ र भारतीय नेपाली जातीयतावादी जागरण र संघर्ष‌को वर्ग चरित्रको सठीक रूपमा निर्क्योल गर्नु हुँदछ। वहाँ लेख्नु हुन्छ – “भारतवर्षमा अनेक प्रकारले आत्म प्रकाश गर्न लागेको नेपाली जातीयतावाद आज पेटी – बुर्जुवा,  मध्यवित्त र शिक्षित नेपालीहरूको साहस र आत्म नियोगमा हुर्केको छ। तसर्थ यसले (भारतीय नेपाली जातीयतावादले) मध्यविन्त चेतना लिएरै जागेको छ।

अन्तिम निष्कर्षमा लेखक डा. जमदग्नि उपाध्यायजीको जाति समस्या र नेपाली जाति’ पुस्तक को आशय र उद्देश्य एवं प्रतिस्थापना के छ भने यदि मजदूर र किसानका अधिकारका संघर्षहरूलाई बाँधा र उपेक्षा गर्दैन भने कुनै पनि जातिसत्ताको संघर्ष जायज र प्रगतिवादी हुन्छन्। तर भारतीय नेपाली जातिको सन्दर्भमा यसै पुस्तकमा वहाँ स्पष्टतासंग लेख्नु हुन्छ कि –

“विकासमुखी भएता पनि नेपाली जाति अझै पनि भारतवर्षको एक पछौटे जाति हो। तर यो कति कारणले पछौटे हो ?  यस कुराको प्रकृत स्थितिलाई सावित गर्नको लागि कतिपय आँकडा र तथ्यपानिको खोजार हुनु पर्दछ अनि तिनलाई यथास्थानमा औ यथा समयमा टकाउन सक्नु पर्दछ आज कुन विभागमा कति शतांश नेपाली छन्, कति शतांशले पछौटे भन्छ, कति शतांशले अगौटे भन्छ – त्यो पनि हामी सबैलाई जानकारी हुनु जरुरी छ। नत्र भोली कसैले ‘नेपालीहरू अब पछौटे भई रहेका छैनन्’ भनेर तोकेछ भने केको आधारमा त्यस आई खण्डन गर्नु ?  युक्ति – तर्कको युद्धमा जानु पर्दा आफू सँग सधै ठोस तथ्यावलिहरू हुनु पर्दछन्। तसर्थ हाम्रा जातीय संस्था वा संगठनहरूले यो कुराको खोजार गरे देखिन हामी सबै उपकृत हुने थिएऊँ।”

नवोदित पुँजीपतिहरू बजार दखलको निम्ति जातीय राष्ट्र र राज्यको निर्माणको आन्दोलनको नाममा अन्ध र उग्रजातिवादको चर्को नारा लगाउने इतिहासबाट सचेतरूपमा पाठ सिख्नु भएर डा. जमदग्नि उपाध्यायजी भन्नु हुन्छ “अन्ध र उग्रजातिवादले जातीय आन्दोलनलाई हानि पुन्याउँदछ। यसर्थ जाति अहंकार घातक हुने गर्द।

उत्पादन साधन र वितरण प्रणालीमा नीजि स्वामित्व रहेका पुँजीवादी वर्गीय समाजमा वास्तविक रूपमा जाति सत्ताको मुक्ति हुँदैन भन्ने वास्तविक तथ्यलाई ऐतिहासिक भौतिकवादी सैद्धान्तिक रूपमा मार्क्सवादी चिन्तक र लेखक विद्वान डा. जमदग्नि उपाध्याप जीले व्यवहारिक उदाहरणद्वारा बुझाउनुमा सफल हुनु भएका छन्। सुन्दर ग्लोवल भिलेजको काव्यिक नारामा आजको कोरपोरेटकृत साम्राज्यवादले भूमण्डलीकरणको डङ्का पिटाईको साम्राज्यवादी सूचना प्रदुषणको यस कष्टसाध्य र दुःसमयमा यस पुस्तकको नवीनतम सम्बर्धन सहित प्रकाशन गर्नु आवश्यक्ता रहेको देखिन्छ। यो पुस्तकलाई पुन:प्रकाशन गर्नु पर्दछ भनेर आसामाको आदरणीय मित्र अविकेशर शर्मालाई सन् 1996 सालमा नै अनुरोध गरेको थिएँ। यो पुस्तक पनि उनकै द्वारा 1996 सालमा नै पाएँको थिए।

हर जातिका समान हक,  समान मर्यादा ! – पुस्तकको निचोड

भारतको कम्युनिष्ट पार्टी (मार्क्सवादी), कार्यक्रम, भाग-5, राष्ट्रको संरचना अनि गणतन्त्र-

५.१ वर्तमान भारतीय राष्ट्र ठूला बुर्जुवावर्गको नेतृत्वमा पुँजीपतिहरू अनि जमीन्दारहरूको वर्ग शासनको यन्त्र हो, जो पुँजीवादी विकासको बाटो पहिल्याउँदै विदेशी वित्तीय पुँजीसित उत्तरोत्तर सहयोग बढाइरहेको छ। देशको जीवनमा राष्ट्रको भूमिका र काम यही श्रेणी चरित्रले नै मूलतः निर्धारित गर्दछ।

५.२ यद्यपि नामले यो राष्ट्रिय संरचनालाई युक्त राष्ट्रिय भनिन्छ, तर अधिकांश क्षमता र संसाधन केन्द्रिय सरकारको हातमा नै केन्द्रित छ। शुरुमा भाषागत समरूपताको आधारमा प्रदेशहरूको गठनको मागको विरोधिता ठूला बुर्जुवाहरूले गरे तर पछि जनआन्दोलनहरू र सङ्घर्षहरूको चेपारोले भाषाको आधारमा प्रदेशहरूको गठन मानिलिन वाध्य गरायो। बीजेपी – को नेतृत्वमा रहेको सरकार, जसले प्रशासनिक सुविधामाथि आधारित स-साना राज्यहरूको गठनको वकालती गरेर, भाषागत राज्यहरूको सिद्धान्तमाथि एउटा नयाँ हमला गरेको छ। यसले संयुक्त राष्ट्रिय संरचना कमजोर हुन्छ। निर्वाचित राज्य सरकारहरूलाई बर्खास्त गर्न अनि निर्वाचित राज्य विधानसभाहरू भङ्ग गर्नको निम्ति संविधानको धारा ३५६ मा अन्र्तनिहित अगणतान्त्रिक व्यवस्थालाई केन्द्रद्वारा घरि-घरि प्रयोग संयुक्त राष्ट्रिय व्यवस्था अनि राज्यहरूको स्वायत्ततामाथि हमला गर्ने प्रमुख हतियार भएको छ। संघका अङ्ग राज्यहरूको क्षमता एकदमै कम्ती छ, जसले गर्दा यिनीहरू केन्द्र सरकारमाथि निर्भर रहनुपर्दछ अनि उनीहरूको विकास कुण्ठित हुँदछ।

भारतको कम्युनिष्ट पार्टी (मार्क्सवादी), कार्यक्रम, 1-(१९६४ सालको ३१ अक्टोबर ७ नोभेम्बर, कलकत्तामा अनुडित भारतको कम्युनिष्ट पार्टी (मार्क्सवादी)को ७औं पाटी कंग्रेसद्वारा गृहित।) 2- (२००० सालको २०-२३ अक्टोबर तिरुवनन्तपुरमभा अनुडित भारतको कम्युनिष्ट पार्टी (मार्क्सवादी)-को विशेष सम्मेलनद्वारा सस्योपयुक्त यारी गृहित।)

डा. जमदग्नि उपाध्यायजीको के भनाई छ भने भारतको संविधान अन्तर्गत नेपाली जातिको समाधानहरू सम्भव छ तर मलाई लाग्दछ कि भारतका शासक वर्गको भारतीय नेपाली जातिप्रति दृष्टिकोण नकारात्मक नै रहेको तथ्य दार्जीलिङ पहाडका समस्याहरूबाट अत्यन्त व्यवहारिक र स्पस्टतासंग नै बुमनु सकिन्छ।

डा. जमदग्नि उपाध्यायकृत यस पुस्तक ‘ जाति समस्या र नेपाली जाति’ (ऐतिहासिक वस्तुवादको दृष्टिकोणमा) वैचारिक आधारमा भाषागत आवेग प्रवाहमय नै छ तर केही शब्दहरूमा मात्र व्यापक परिवर्तन आवश्यक रहेकोछ। राजनीतिक विषय वस्तु भएको पुस्तक भएकोले केही नयाँ र क्लिष्ट राजनीतिक शब्दावलीहरू हुन्छन् जसलाई छुट्टै परिभाषा र टिप्पणीहरू दिनु पर्ने आवश्यक्ता हुन सक्छ।

विशेषरूपमा वर्तमान भारतीय नेपाली युवा प्रजन्मको इतिहासवोध, समकालीन अनुभवको द्वानद्वात्मक संश्लेषण र भविश्यको निम्ति गहन चिन्तनको निम्ति,ब्रिटिश साम्राज्यवादी द्रारा भारत विस्तारमा सुगौली संधी, ब्रिटिश साम्राज्यवादी विरोधी भारतीय राष्ट्रिय मुक्ति सङ्घर्षहरूमा भारतीय नेपालीहरूको भूमिका, पूर्वोत्तर, मध्य पश्चिमोत्तर तथा डुवर्स, दार्जीलिङ्ग एवं सिक्किममा अन्तर्भूक्तिबाट बनेका ऐतिहासिक तथ्य र आधारमा पुस्तकको पठन अति धेरै नै महत्व छ तर परिवर्तित वैश्विक आधारहरू अनुसार पुस्तकका एक दुई ठाउँमा केही सम्बर्धन पनि आवश्यक हुनु सक्छ।

 विविध रूपमा’ डा. जमदग्नि उपाध्यायजीको यस जाति समस्या र नेपाली जाति’ पुस्तकको तात्पर्य र सन्दर्भिकताको परिपेक्ष्यमा आलोचना र परिचर्चा आवश्यक छ किनभने पुस्तकका मार्क्सवादी चिन्तक र विद्वान लेखक डा. जमदग्नि उपाध्यायजीले पुस्तकमा लेख्नु भएका वैचारिक तथ्य, चिन्तन र दृष्टान्तहरू यो उनको विचार र प्रस्तुति नीजि भए तापनि यो एउटा सामाजिक सरोकारको विषय भएकोले यो समाज सापेक्ष आजका प्रगतिवादी साहित्यिक, सांस्कृतिक एवं सामाजिक संघ संस्थाहरूले चर्चा परिचर्चा चलाउनु र यस पुस्तकको नवीनतम सम्बद्धित संस्करण प्रकाशित गर्नु आवश्यक रहेको देखिन्छ र विश्वास गर्नु पर्दछ कि यस ऐतिहासिक दायित्वलाई आजका युवाहरू पुरा गर्ने नै छन्।

अन्त्यमा  डा. जमदग्नि उपाध्यायजीको यस ऐतिहासिक भनाईलाई आत्मसात गर्दै दोहराउनु चाहन्छु कि –

“सबै कुराहरू छोडेर कवेल नेपाली जातिको मात्रै विकाश चाहनु चाही अलीक कल्पना मात्रै हुनेछ।“

“हाम्रो लक्ष्य त्यहाँसम्म हुनु छ – जहाँ हर जातिका समान हक,  समान मर्यादा र सम-विकाशसुनिश्चित छन्, (सबै) सुरक्षित छन् सबै जातिहरू।“

याे पनि हेर्नुस्


Leave a comment