केही ऐतिहासिक तथ्य र केही कथ्यहरूबारे संक्षिप्त टिप्पणी-2

डा. जमदग्नि उपाध्यायको कृति ‘जाति समस्या र नेपाली जाति’ को

केही ऐतिहासिक तथ्य र केही कथ्यहरूबारे संक्षिप्त टिप्पणी-2

दार्जिलिङ भारतका नेपालीहरूको गौरव हो !

                                 दार्जिलिङ भारत के गौरव हो ! : ड. जमदग्नि

भारतीय नेपाली जातीय गठनमा डा. जमदग्नि उपाध्यायजीले “सुगौली सन्धीको इतिहास, ‘लाहुरे’ हरूको रिक्रूटमेन्ट आदिले पनि उत्तर भारतमा नेपालीहरूको जनसङ्ख्या वृद्धिमा ठूलो मदत गर्यो ” भन्नु भए तापनि उनी यसलाई गौण र सहायक तत्व मात्रै मान्नु हुँदै वहाँले अगाडि विश्लेषण गर्ने क्रममा के भन्नु हुन्छ भने,  “उत्तर भारतमा यिनीहरूको उपस्थिति विशेष पुरानो र रचनात्मक रही आएको छ।….सुन्दर कश्मीर देखि बिहार सम्मको विस्तृत अञ्चलमा पुर्खौ पुराना नेपाली मानिसहरूको स्थायी बसोवास छ। उत्तर भारतका उन्नत शहर, तीर्थ र विद्यापीठ हुँदो नेपालीहरूका आकर्षण यथेष्ठ उल्लेख योग्य कुरा हो।“

जनार्दन थापा
जनार्दन थापा

तर दार्जिलिङको इतिहासलाई संक्षिप्त रूपमा – ‘सुन्दर दार्जीलिङ ! ‘भारत भूमिभित्रमा गाभिने अधिको यसको संक्षिप्त इतिहास पनि खुबै सुन्दर छ” मन्नु भएर प्रस्तुत गर्नु हुँदै सन् 1835 को ऐतिहासिक साँक्ष्यलाई प्रस्तुत गर्नु भएको छ। यसमा –

  1. Campbell, Superintendent of Darjeeling and in-charge of political Relations with Sikkim को Translation of the deed of grant making over  Darjeeling to the East India Company deled 1 February’ 1835 लाई ‘Sikkim and Bhutan :  V.H. Coelho; Page :  104 New Delhi- 1967,  बाट उद्धत गर्नु भएर प्रस्तुत गर्नु भएको छ।

दार्जिलिङको नेपाली जातिसत्ताकोबारेमा डा. जमदग्नि उपाध्याय जीले सठीक मूल्याङ्कन गर्नु भएको तथ्यलाई वहाँको शब्दमा यहाँ उल्लेख गर्नु उचित रहेको छ।

“… आधुनिक प्रशासनमा दार्जीलिङ बाँधियो, आधुनिक शिक्षा-दीक्षा, संस्कृति, चिन्ताधारा र उद्योगमा दार्जीलिङ दाँजियो। अतएव नेपाली समेत त्यहाँका समग्र अरु जनगण पनि भारतभूमिको एउटै अर्थ- सामाजिक जीवनमा गाँसिए।

देख्ता देख्तै दार्जिलिङ नै भयो भारतमा नेपाली जातीय चेतनाको केन्द्रभूमि स्वरूप।

आफ्नो भाषा, साहित्य-संस्कृतिको विकाश देखिन लिएर राजनैतिक चेतनामा नेपालीलाई जागरित गराउने क्षेत्रमा त्यहाँका नेपालीहरू मुख्यरूपले अग्रसर हुन सके यिनी नेपालीहरू ! ”

लेखक डा. जमदग्नि उपाध्यायजीले दार्जीलिङलाई नेपाली जातीय चेतनाको उद्गमको रूपमा उल्लेख गर्नु भएर प्रसिद्ध प्रगतिवादी साहित्यकार र उपन्यासकार स्व: असित राई’को उपन्यासलाई सान्दर्भिक रूपमा विद्वत्वापूर्वक उल्लेख गर्नु भएर दार्जीलिङको भावी परिपेक्ष्यताको सन्दर्भवारे ऐतिहासिक वस्तुवादी दृष्टिकोणमा दार्जीलिङको नेपाली जातिको ऐतिहासिक भव्य कार्यभारलाई यसरी व्याख्या गर्नु भएको छ –

“श्री असित राई एकजना स्वनामधन्य नेपाली लेखकले हामीलाई ‘नयाँ क्षितिजको खोजमा’ डुलाउँदै निस्किदाँ कौतुहलपूर्ण अतीतको त्यो,  दार्जिलिङ र त्यहाँका हाम्रा पुर्खाहरूसँग हामीलाई सफलतापूर्वक भेट गराई दिन सके : उनले हामीलाई त्यहाँको कुनै एक अतीत कालको ‘दुर्गम मुलुक २ प्राथमिक पुर्खाहरूको दृष्टि-गोचर गराउँदै औ त्यहाँको अर्थ – सामाजिक विवर्तनको बाटो डुलाउँदै ल्याउँदा हामीले देख्न सफल भयौँ   कि दार्जीलिङ कसरी सामन्तीय प्रभावबाट साम्राज्यवादी प्रभावमा आएछ त्यसपछि कसरी त्यहाँ गणतंत्रको प्रभाव परेछ। अनि आज कसरी समाजवादको विस्तृत क्षितिजतिर त्यहाँका जनगण आग्रहान्वित भएर उठेका छन् इत्यादि

  तसर्थ दार्जीलिङ भारतका नेपालीहरूको गौरव हो ! दाजीलिङ भारत के गौरव हो !”

  डा. जमदग्नि उपाध्यायजीले दार्जीलिङ, सिक्किम,  डुवर्स र भूटानका नेपालीहरूकाबारेमा ऐतिहासिक साक्ष्यहरू सहित वैज्ञानिक सम्मत विचार र विश्लेषण गर्नु भएको छ। डॉ. जमदग्नि उपाध्यायजीको यो विशेषतानै हो कि उनले आफ्नो पुस्तक ‘ जाति समस्या र नेपाली जाति’ (ऐतिहासिक वस्तुवादको दृष्टिकोणमा) मा यति गहन र गम्भीर विषय वस्तुलाई सहज र सरल रूपमा प्रस्तुत गर्नु सक्षम हुनु भएको छ।

 एकातिर भारतीय नेपाली जातिसत्ताको विकासको प्रकृयामा अखिल भारतीय नेपाली भाषा समिति’ को प्रगतिवादी भूमिकालाई विद्वान लेखक डा. जमदग्नि उपाध्याय जीले उल्लेख गर्नु बिर्सनु भएको छैन भने अर्कोतिर उनले स्पष्ट भाषामा दार्जीलिङका राजनैतिक र संवैधानिक समस्याहरूलाई पनि यसरी उल्लेख गर्नु भएको छ,

 “गोर्खाल्याण्डको आन्दोलनले सर्वस्तरकै नेपालीहरूलाई स्पर्श गर्यो। नेपालीहरूले, विशेषगरि उत्तर बङ्गालकाले यतिञ्जेलको आफ्नो जातीय अभाव-अभियोग, आशा-निराशा,  साहस-हताश,  हिन मान्यता- उच्चआत्मिकवोध आदि सबै थोकको पुँजीभूत क्षोभ त्यहीँ प्रतिफलित गरे।“

तर लेखकले त्यस पुँजीभूत क्षोभबाटै कतिपय नेपाली उग्र-जातीयतावादी, सन्त्रासवादी र साम्यवाद-विरोधीहरू पनि पैदा भएका घटनाहरूलाई पनि स्पष्टतासँग उल्लेख गर्नु राष्ट्रिय राजनीतिक दृष्टिकोणमा गणतान्त्रिक मूल्यवोधको स्वरूपलाई बिर्सनु भएको छैन।

   “ एकमात्र सही समाधान प्रादेशिक स्वायत्तता हो, पोलैण्ड, लिथुआनिया, युक्रेन, ककेशश, जस्ता निश्चित रूप लिएका एकाइहरूको लागि स्वायत्तता हो । प्रादेशिक स्वायत्तताको फाइदा, सर्वप्रथम, कुन कुरामा रहेको छ भने इलाका नभएको कुनै काल्पनिक कुरासित होइन, बरु कुनै निश्चित इलाकामा बसिरहेका निश्चित जनसंख्यासित त्यसको सरोकार रहन्छ। अर्को कुरा, त्यसले जातिअनुसार जनतालाई विभाजित गर्दैन, त्यसले जातीय छेकबारहरूलाई बलियो पार्दैन; त्यसको उल्टो, त्यसले ती छेकबारहरूलाई भत्काउँछ र जनतालाई एकताबद्ध पार्छ – त्यसले यो काम भिन्नै खालको विभाजन, वर्गअनुसारको विभाजनको लागि बाटो खोल्ने ढङ्गबाट गर्छ। 

 अन्त्यमा, त्यसले साझा केन्द्रको निर्णयलाई नपर्खिकन सकेसम्म राम्रो ढङ्गबाट प्रदेशको प्राकृतिक सम्पदाको उपयोग गर्न र त्यसका उत्पादक शक्तिहरूको विकास गर्न संभव पार्छ – यी यस्ता काम हुन्, जुनसांस्कृतिक – जातीय स्वायत्तताकाअन्तर्निहित विशेषता होइनन्। यसैले, जातीय स्वायत्तताकास्वायत्तताका सवालको समाधानमा प्रादेशिक स्वायत्तता एक आवश्यक तत्व रहन्छ।

– जोसेफ वी. स्तालिन (मार्क्सवाद र जातीय सवाल, पृष्ठ-53)

नेपाली जातिसत्ता भारतका अरु – अरु जातिसत्ता जस्तै नै

नेपाली एउटा अन्यतम् जातिसत्ता हो। – ड. जमदग्नि उपाध्याय

“उनी माक्सवादी नै होइनन्, जनवादीसम्म पनि होइनन् जसले राष्ट्रहरू तथा भाषाहरूका समान अधिकारहरूलाई स्वीकार गर्दैनन् तया त्यसको पैरवी गर्दैनन्, सबै प्रकारका राष्ट्रिय उत्पीडन तथा असमानता- सँग लड्‌दैनन। यो सन्देहदेखि टाडो छ। जसले अर्को जातिको माक्स- वादीलाई विलिनीकरणको समर्थक हुनको निम्ति धेरै गालीहरू गर्ने गर्छन् भने उनी पनि मार्क्सवादी हुन्, भन्नु पनि सन्देह‌देखि टाडो छ।”
                     -लेनिन-संकलित रचनाहरू, हिन्दी संस्करण, प्रगति प्रकाशन, खण्ड-४ पृष्ठ: २३३

     डा. जमदग्नि उपाध्यायजीले दार्जीलिङका नेपालीहरूका वाहेक वर्तमान पूर्वोत्तर भारतको नेपाली जातिको इतिहासलाई ऐतिहासिक साक्ष्यहरूलाई उदाहरणहरू सहित निर्धक्कतासँग विस्तारित रूपमा अनुसंधान र विश्लेषण गर्ने प्रयास सफलतापूर्वक सम्पन्न गर्नु भएको छ।नेपाल देश र भाषालाई देखाए भारतका नेपाली जातिसत्तालाई अहिले पनि नेपालको नागरिकसँग तुलना मात्रै होइन “नेपालको नागरिक हुन्” भनेर भारतीय नेपालीहरूलाई प्रताडित गर्ने उग्र जातिवादी तत्वहरू पनि भारतीय नेपाली जातिसत्ता विरोधी भारतीय प्रतिक्रियावादी शासक वर्गको दलाली चरित्रलाई नै आत्मसात गर्नेहरू हुन् भनेर भन्नु सकिन्छ।

   प्राक सामन्तकालिन समाज, सामन्तवादी सत्ता र शासक एवम् राजा रजौटेहरू इतिहासका पत्ताहरूमा कति आए गए- तर विविध प्राकृतिक दुर्योग, आर्थिक, सामाजिक, राजनीतिक कारणहरूले विविध जनगोष्ठीहरूका स्थान परिवर्तनको गतिशीलता तथा प्रव्रजन प्रकृयाहरू माध्यम हुने गतिशीलता कुनै नौलो परुघटनाहरू होईनन्। ग्रामिण समाज सत्ता, सामन्तवादी सत्ताका राजा- रजौटे, राजतन्त्र सत्ता विविध रूपहरूमा परिवर्तित भई नै रह्यो तर यी परिवर्तित परिस्थितिहरूमा जाति र जातीयताको पनि विशिष्ट रूपहरूमा परिवर्तनहरू देखा पर्नु गएका तथ्यहरूलाई डा. जमदग्नि उपाध्धायजीले पूर्वोत्तर भारतका विभिन्न क्षेत्रहरूमा नेपाली जातिको गठन र विकाशका परिघटनाहरूली तथ्यात्मक रूपमा सप्रमाण व्याख्या र विश्लेषण गर्नु भएको छ।

  डा. जमदग्नि उपाध्याप जीले ऐतिहासिक भौतिकवादको आधारमा जात-जात,  जाति-जाति र जातीयता-जातीयताको विकाश सामन्तवादको गर्भबाट जन्म भएका हुन् भनेर व्याख्या गर्नु भएको छ। आधुनिक पुँजीवादको विकाश नभएको परिस्थितिमा अर्ध सामन्तवादी समाजको अवस्थामा भारतमा नेपाली जातिसत्ताको वैचित्रतापूर्वक विकाश भएका तथ्यहरूलाई नेपाल भारत, सिक्किम र भूटानका इतिहासहरूलाई केलाएर ऐतिहासिक भौतिकवादको सैद्धान्तिक आधारमा प्रमाणित गर्ने सत्प्रयास गर्नु भएको छ।

   डा. जमदग्नि उपाध्यायजीले यस पुस्तकमा अत्यन्त सटीक रूपमा व्याख्या गर्नु हुन्छ कि -“…. हिमालको काखमा महाकालीदेखि मेचीसम्ममा नेपालीहरू भए भारतका यी नेपाली अध्युसित (जन घनत्व वा बहुल) ठाउँहरूमा नेपाली जातिसत्ताको जग बस्नु लाग्यो।

  भारतका अरु अरु भाग हुँदो पनि अरु विभिन्न कारणहरूमा नेपालीहरूको जमघट भयो, नेपाली जातिसत्ता टुर्कियो।…. पछि यी सबै ठाउँका नेपाली जातिहरूको मानसिक सत्ता जोडियो, भारतीय भावापन्न भए सबै ;  अनि यिनीहरू सबैलाई लिएर भारतमा पनि नेपाली ‘जातिसत्ता’ ले एकक रूप लिन लाग्यो। यस्ता प्रकारले नेपाल र भारत – यी दुई मिन्ना – भिन्नै मुलुकमा आ-आफ्ना भिन्ना भिन्नै वैशिष्ठयहरू र ऐतिहासिक पटभूमि लिएर दुईवटा ‘नेपाली’ नाम कै जाति बनिए। (पृष्ठ:109)

  डा. जमदग्नि उपाध्याय जीको यो विद्वत्वापूर्ण विश्लेषण अत्यन्त उल्लेखनीय रहेकोले हामी सबैले बुझ्नु आवश्यक देखिन्छ। वहाँले अगाडि के लेख्नु हुन्छ भने,

“विभिन्न ऐतिहासिक कारणहरूले गर्दा भी दुईवटा जाति धेरै कालसम्म परस्परबाट दिनमूल हुन सकेनन्। परस्परले परस्परलाई सधै नै प्रभावान्चित पारि नै राखे।“ (पृष्ठ :110)

“नेपालको जाग्रत जातीय चेतनाले भारतका नेपालीहरूलाई प्रोत्साहन दिन लागे। यसरी नै बनारस,  देहरादून,  दार्जीलिङ,  आसाम,  सिक्किम आदिका नेपालीहरूको जातीय विकाशकों मुक्त प्रयासले नेपालका नेपालीहरूलाई साहस दिन लाग्यो। तसर्थ यी दुई जाति सत्ता परस्पर दुई समान्तर रेखा झै भएर नजदिकमै रहन लागे।“ (पृष्ठ: 119)

  “विवर्तन र जाति गठनको यस्तो एक ऐतिहासिक मुहूर्त देखिने नेपालको नेपाली जातिसत्ताले हुर्कन चाहेको छ, सामन्तवाद को अप्ठ्‌यारो आँगनमाथि दहा खुटा टेक्ने कोशिश गर्दै भने, भारतको नेपाली जाति- सत्ताले चाहिँ आफ्नो शिर खडा गर्नु चाहेको छ यहाँको पुँजीवाद – सामन्तवादको भुमरीमा एउटा निर्दिष्ट किनाराको खोजी गर्दै ।” (पृष्ठ: (110)

  उपर्युक्त आलोचनाको सन्दर्भमा मार्क्सवादका प्रकाण्ड विद्वान स्व. गणेशलाल सुब्बाको यस व्यक्तव्यलाई यहाँ स्मरण गर्नु आवश्यक हुन्छ, जस्तै वहाँ लेख्नु हुन्छ,“जाति’ शब्दबाट जुन समुदाय वोध हुन्छ त्यो एउटा ऐतिहासिक जनसमुदाय हो, त्यो एक नसल (वंश Race) अथवा कबीला (कुल, Tribe)-बाट उत्पन्न भएको वस्तु होइन। संसारमा जति भिन्न-भिन्न जातिहरू पाइन्छन् तिनीहरूको मूल पैलाउँदै जाँदा एउटा कुरो प्रमाणित हुन्छ कुनै जाति पनि एउटै नसलबाट उत्पन्न भएको छैन, तर संसारको कुनै पनि जाति विभिन्न नसल, विभिन्न कबीलाहरू (जो एक-अर्कासँग मिसिन्छन्) बाट उत्पन्न भएको छ अर्थात् कुनै जाति पनि चोखो (पवित्र ‘Pure’) छैन । (हिटलरले दाबी गर्थ्यो जर्मन जाति संसारमा आर्य नसलबाट पैदा भएको संसारको एकमात्र चोखो जाति हो, तर यसबाट हिटलरको इतिहास सम्बन्धी अज्ञानता मात्र प्रमाणित हुन्छ) संसारका विभिन्न नसलहरूमध्ये यिनीहरू मुख्य हुन् :- आर्य, म‌ङ्गोल, ककेशीयन, सेभाइट र निग्रो । यिनै नसलहरूबाट, जो मानव जातिको इतिहासको शुरू देखिनै, हजारौ वर्ष अघिदेखि एक-अर्कासँग मिसिन्दै आएका छन्, आजका विभिन्न जातिहरूको जन्म भएको हो। उदाहरणको निमित्त अङ्ग्रेज जाति हेर्नुहोस् । वर्तमान अङ्ग्रेज जातिका पिता-पुर्खाहरू अनेकौ भिन्न-भिन्न कुल र भिन्न-भिन्त्र नसलका मानिसहरू थिए । एङ्गलिकन स्येकस, ट्युटन, ब्रिटन्स् इत्यादि। त्यस्तै फ्रेञ्च जातिका पितापुर्खाहरू अनेक भित्र-भित्र वंशका मानिसहरू थिए – गल् (Gauls), रोमन, ब्रिटन्स्, ट्युटन्स् इत्यादि। वर्तमान इलियन जातिका पिता पुर्खाहरूमध्ये रोमन, ट्युटन, इट्स्कन्, ग्रीक, अरबहरू मुख्य थिए।

आज भारतमा एकमात्र जाति र दुई अलग-अलग् जाति अथवा धेरै जातिहरू छन्, यो झगडा जीवित छ, यसको फसेला भएको छैन। तर यहाँका मानिसहरूका पितापुर्खाहरू पनि विभित्र नसल औ विभिन्न जनसमूहका मानिसहरू थिए। यहाँका आदिम निवासीहरूमध्ये कोल, भिल, द्राविडहरू मुख्य हुन्। द्राविडहरू पछि आर्यहरू आए, मङ्‌गोली जनसमूह पनि आए, अरब आए अर्थात् यस महादेशका हजारौ वर्षको इतिहासमा अनेकौ भिन्न-भिन्न नसल औ कुलका मानिसहरू बराबर एक-अर्कासँग मिसिन्दै आएका छन् र तिनैका सम्मेलनबाट आजका ब‌ङ्गाली, मराठी, गुजराती इत्यादि जनसमुदायहरू उत्पन्न भएका हुन् । हाम्रै गोर्खालीहरूका पितापुर्खाहरू पनि अनेकौँ कुल र नसलका मानिसहरू थिए – तिब्बती, म‌ङ्गोली, इण्डो-एरयेनी इत्यादि। हामीहरू आधुनिक गोर्खालीहरू यिनै भिन्न-भिन्न कुलहरूबाट उत्पन्न भएका जनसमुदाय हौ। (भारतका ब‌ङ्गाली, बिहारी, मराठी इत्यादि एउटै जाति हुन् कि अलग-अलग जाति हुन्, यो प्रश्न पछि आलोचना गरिने छ)।

माथि आलोचना गरिएका घटनाहरूबाट यस परिणाममा पुग्छौँ : हजारौ वर्षका ऐतिहासिक परम्पराका सुत्रले बाँधिएका जनसमुदायलाई मात्र जाति भन्त्र सकिन्छ जाति एक कबिली अथवा एक नसली समुदाय होइन।(गणेशलाल सुब्बा, साहित्यिक समालोचना र अन्य लेखहरू, सम्पादक, डँ. मोहन पी. दाहाल, मुक्ति प्रकाशन, लुकसान बजार, पोष्ट- केरन, जलपाईगुडी)

याे पनि हेर्नुस्


Leave a comment