डा. जमदग्नि उपाध्यायको कृति ‘जाति समस्या र नेपाली जाति’ को
केही ऐतिहासिक तथ्य र केही कथ्यहरूबारे संक्षिप्त टिप्पणी- भाग तीन
एउटै जाति भित्र अनेक प्रकारका वर्ग बनि सकेका हुन्छन् : डा. जमदग्नि उपाध्याय
जाति एउटा ऐतिहासिक प्रवर्ग मात्र होइन, बरु एउटा निश्चित युगको, उदीयमान पुँजीवादको युगको ऐतिहासिक प्रवर्ग हो। सामन्तवादको उन्मूलन र पुँजीवादको विकासको प्रक्रिया जातिहरूको निर्माणको प्रक्रिया पनि हो। उदाहरणार्थ, पश्चिमी युरोपमा यस्तो भएको थियो । पुँजीवादले विजयी शङ्खघोष बजाई रहेको थियो र सामन्ती फाटोमाथि त्यसको विजयको बेलामा, अङ्ग्रेज, फ्रान्सेली, जर्मन, इटली र अन्य जातिहरू बनेका थिए।
(स्तालिन, मार्क्सवाद और जातीयताओं का प्रश्न, पृश्ठ-23,प्रकाशन संस्थन,नई दिल्ली,)
जातिको गठनको ऐतिहासिक पृष्ठभूमि बारे’जाति समस्यामाथि आलोचना गर्ने क्रममा लेनिनवादी ठोस सैद्धान्तिक आधार र स्तालिनको अनुसन्धानका शिक्षालाई डा. जमदग्नि उपाध्यायजीले आफ्नो विश्लेषणमा ऐतिहासिक भौतिकवादको सैद्धान्तिक आधारमा जुन व्याख्या गर्नु भएकोछ – त्यो के हो भने वर्गीय विभाजित समाजमा “एउटै जाति भीत्र अनेक प्रकारका वर्ग उद्भव भई सकेका हुन्छन्। विशेष गरी सर्वहारा र बुर्जुवा – यी मूल दुई वर्ग समाजको दुई विपरित मेरुमा अवस्थान गरि सकेका हुन्छन् …। पृष्ठ: 169)
समग्रमा समाजका कुनै पनि जाति सत्ताका अर्थ – सामाजिक आधारलाई किसान र मजदूर वर्गले मात्रै बचाई राखेका हुन्छन्” भनेर लेखक डा. जमदग्नि उपाध्यायले सठीक रूपमा उल्लेख गर्नु भएको छ। वर्गहरूका सङ्घर्षहरूका रूपहरूलाई उल्लेख गर्नु भएर लेखक डा. जमदग्नि उपाध्यायले नेपाली जातिसत्ता मित्रका वर्ग विभाजनलाई स्पष्टतासँग रेखाङ्कण गर्नु भएको छ।
“… नेपाली जातिसत्ता मित्र वर्ग वैषम्य छ एउटै नेपाली जातिसत्ता मित्र दुईवटा परस्पर विरोधी जाति छन्।दुईवटा संस्कृति छन्, संस्था र सङ्गठनहरू भित्र मनोमालिन्य पैदा हुन्छ। निजी सम्पत्तिका अधिकारहरूले आ-आफ्नो वर्ग-स्वार्थ रक्षा गर्न वाध्य गराएको छ।” (पृष्ठ: 171)
“ पुँजीवादी समाजमा जातीय उत्पीडन अन्त्य गर्न गाह्रो छ। यो सबै जातजाति र भाषाहरूलाई समान हैसियत दिने प्रजातान्त्रिक गणतन्त्रात्मक संरचना र प्रशासनमा मात्र सम्भव छ।“ स्तालिन भन्नु हुन्छ। मार्क्सवाद और जातीयताओं का प्रश्न, पृष्ठ;73जातीय प्रश्नको प्रस्तावमा जातीय प्रश्नमा सोभियत संघ (बोल्शेविक) को कम्युनिष्ट पार्टीका प्रमुख निर्णय।
वास्तवमा उत्पीडिक र उत्पीडित रहेको वर्ग विभेद समाजमा कुनै पनि जातिसत्ताको वास्तिविक मुक्ति सम्भन नै छैन। तर वर्ग विभाजित समाजमा शासक वर्गले जहिले पनि कुनै पनि उग्र र अन्ध जातिवादलाई उपयोग गरेर आफ्नो शोषण सत्ता कायम गर्ने गर्दछ र त्यसको प्रतिरोधमा हुने वर्गीय राजनीतिक नेतृत्वमा जातीय समानाधिकारको सङ्घर्ष नहुने हुने हो भने कुनै पनि जाति सत्ताको वास्तविक र गणतान्त्रिक रूपमा मुक्ति सम्भव नै हुनु सक्दैन भन्ने मूल प्रतिस्थापनालाई विविध ऐतिहासिक तथ्यका आधारहरू माध्यम प्रमाणित गर्नु भएको छ। र यो सही पनि छ। यसका ज्वलन्त उधाहरणहरू वर्तमान भारतमा कहिले परोक्ष कहिले प्रत्यक्षरूपमा देखा परिरहेका विविध आन्दोलन र सङ्घर्षहरूलाई अध्ययन र विश्लेषण गरेर स्पष्तासँग बुझ्न सकिन्छ।
विशेषतः औपनिवेशिक, भारतको ब्रिटिश साम्राज्यवाद विरोधी सङ्घर्षहरूमा पूर्वोत्तर भारतका नेपालीहरूका भूमिकाहरूलाई पनि उल्लेख गर्नु भएको छ। डा. जमदग्निजीले Political History of Assam, Vol. 11 Govt. of Assam, Guwahati, 1977 लाई उद्धृत गर्नु भएर धेरै सङ्ग्रामीहरूको उल्लेख गर्नु भएको छ। ब्रिटिश साम्राज्यवादको विरुद्धमा सशस्त्र सङ्ग्राममा नेपालीहरू पनि सहभागी थिए भन्ने सरकारी सुराकीमा सशस्त्र सङ्ग्रामी ब्रजनाथ शर्मा’को नाम पनि आएको उल्लेख गर्नु भएको छ।
डा. जमदग्निको नजरमा भारतीय नेपाली जातिसत्ताका रूप र समस्याहरूका विविधता
जमिन्दार, पुँजीपति र साना पुँजीपतिहरूले जातीय उत्पीडनको नीतिलाई समर्थन गर्छन्। उनीहरूले यो तानाशाही र राजतन्त्रबाट बिरासतमा पाएका छन् ताकि उनीहरूले आफ्नो वर्गीय विशेषाधिकारको रक्षा गर्न सकून् र विभिन्न जातजातिका श्रमजीवीहरू बीच विभाजन रोप्न सकून्। आधुनिक साम्राज्यवाद कमजोर जातिहरूलाई दास बनाउनमा विश्वास गर्छ। यसको उदयले जातीय उत्पीडनलाई अझ तीब्र बनाएको छ।
पुँजीवादी समाजमा जातीय उत्पीडन अन्त्य गर्न गाह्रो छ। यो सबै जातजाति र भाषाहरूलाई समान हैसियत दिने प्रजातान्त्रिक गणतन्त्रात्मक संरचना र प्रशासनमा मात्र सम्भव छ।
- जोसेफ स्तालिन, मार्क्सवाद और जातीयताओं का प्रश्न, पृष्ठ-73, (जातीय प्रश्नमा सोभियत संघ (बोल्शेविक) को कम्युनिष्ट पार्टीका प्रमुख निर्णय। (जातीय प्रश्नको प्रस्ताव) रुसी सामाजिक लोकतान्त्रिक श्रम पार्टीको सातौं (अप्रिल) अखिल रुसी सम्मेलन, १९१७ द्वारा स्वीकृत।)
डा. जमदग्नि उपाध्यायजीको “जाति समस्या र नेपाली जाति” पुस्तक पढ्दा पाठकको विचार र चेतनामा भारतीय नेपाली जातिसत्ता सम्बन्धित एउटा वैज्ञानिक धारणा र दृष्टिकोण स्पष्टतासँग बनिसकेको हुन्छ। मानव समाजको अर्थ -सामाजिक विकाशको खास-खास मञ्जिलहरूमा जात, जाति, जातीयताका विविध आयाम र रूपहरूमा विकाश भइरहेका निर्दिष्ट तात्विक तथ्यहरूलाई हामी पाठकहरूको चेतनामा वैज्ञानिक दृष्टिकोणमा स्थापित गर्नु विद्वतापूर्वक सफल हुनु हुन्छ ।
अर्थात वहाँको नजरमा विकासमान मानव सभ्यताको विशेष प्रकृयाहरूमा जात र जाति एवम् जातिसत्ता एउटा खास ऐतिहासिक वस्तु वा परिघटना हुने गर्दछ। अर्थात यस परिघटनालाई एउटा विशेष र अपरिहार्य सामाजिक तत्व मान्नु हुन्छ र जो स्वयम् अन्तरविरोधको उपज मात्रै होइन वरू वर्गीय समाजमा यो जात-जाति-जाति सत्ता स्वयम् पनि अन्तरविरोधी तत्व हुने गर्दछ भन्ने आशयहरूलाई काल्पनिक र मनगढन्ते ढङ्गमा नभएर व्यवहारिक र ऐतिहासिक उदाहरणहरू पनि प्रभावकारी रूपमा सफलतापूर्वक प्रस्तुत गर्नु भएको देखिन्छ। हो, समकालिन भारतीय राजनीतिक समस्याहरूलाई अध्ययन गर्ने हो भने पनि उनको दृष्टिकोणलाई पुष्टि गरिरहेको देखिन्छ। मण्डल कमिशन, अलग राज्यका मागमा आन्दोलनहरू र गठन, भाषा मान्यताका आन्दोलन तथा क्षेत्रिय असन्तोषहरू एवम् जात – जाति आधारित राजनीतिक हैकम आधारित राजनैतिक र सामाजिक तथा क्षेत्रिय सङ्गठनहरू यसका ज्वलन्त उदाहरणहरू हुन् ।
भारतीय नेपाली जाति सत्ताको विकासका विविध फलहरू प्रस्तुत गर्नु भए तापनि भारतीय नेपाली जातिसत्ताका समस्याहरूका विवेचना गर्नु हुँदा अत्यन्त समझदारी र व्यवहारिक रूपमा प्रस्तुत गर्नु भएको देखिन्छ। तसर्थ भारतीय नेपाली जातिसत्ताको विविधतालाई सही ढङ्गमा आत्मसात गर्नु भएर उल्लेख गर्नुले नै उनको विद्वतापूर्ण राजनीतिक समझदारी झल्किन्छ।
डा. जमदग्नि उपाध्यायजी भन्नु हुन्छ, ” भाषाको प्रसङ्गमा उत्पन्न हुने यसका जातीय भावनाले विभिन्न प्रकारले आत्म – प्रकाश गरिन्छ (गर्ने गर्दछ।) नेपाली भाषाले पनि स्वीकृति पाउनु पर्दछ माग मुख्य छ, अनि यस मागले सारा भारतका नेपालीहरूमा एउटै भारतीय नेपाली जातीयतावादको भावना जागृत पारी सकेको छ।” (पृष्ठ: 185)
“भारतमा भाषाको प्रश्नले, सरकारी वा प्रशासनिक भाषाको प्रश्नले श्रमजीवीहरूका एकतालाई आज विपन्न गरिदिएको छ- श्रमजीवीलाई विभेद गर्ने सङ्कट ल्याएको छ । बुर्जुवा जमिनदार शासनको विरुद्धमा एवम् जनगणतान्त्रिक राष्ट्र गठनको निम्ति श्रम- जीवीका सङ्ग्राममा तिनीहरूका आफ्ना एकता एकदमै प्रयोजन छ । यो जनगणतान्त्रिक राष्ट्रले नै तिनीहरूलाई समाजवादतिर अग्रगतिको उन्मुख गर्नेछ । पुँजीपति र जमिनदारहरूका वर्तमान शासन व्यवस्था- को स्थानमा यदि उत्पादनका उपाय, विनिमय एवम् वितरणमाथि सामाजिक स्वामित्वको आधारमा, उत्पादन उपायमा व्यक्तिगत सम्पत्ति र मानिसद्वारा मानिसका शोषणलाई विलोप पार्ने आधारमा गठित नयाँ समाजवादी शासन व्यवस्था स्थापित गरिएन भने जन- साधारणका दुःख दुर्दशा हटाउनु सकिँदैन । यो मूल कर्तव्यलाई सुसम्पन्न गर्नुको निम्ति महत्त्वपूर्ण अपरिहार्यता के छ भने हाम्रो पार्टीको नेतृत्वमा, भारतमा श्रमिक श्रेणीको नेतृत्वमा भारतमा श्रमिक श्रेणीको एकता, विभिन्न भाषा-भाषीका समग्र प्रलेतारियतहरूका एकता एवम् श्रमिक श्रेणीको नेतृत्वमा हाम्रा देशका बहुभाषा-भाषी जनसाधारण- मा एकता ।”.
“शिक्षाको माध्यमको रूपमा अङ्ग्रेजी भाषाको व्यवहारले आञ्चलिक भाषाको विकासलाई बाधा पुर्याइरहेछ । र अहिले आञ्चलिक भाषालाई अविकसित अवस्थामा छ भनेर भविष्यको निम्ति अङ्ग्रेजीलाई नै जारी राख्ने कुरा गर्छन् अर्थात् यही अविकसित अवस्थालाई जीवित राख्ने कुरा नै गर्छन् । यो कुरा सत्य हो वर्तमानमा आञ्चलिक भाषामा प्रयोजनीय पुस्तकादि पाइँदैन तर यसको निम्ति कांग्रेसका गणतान्त्रिक विरोधी एवम् दिवालिया भाषानीति नै सम्पूर्ण रूपले जिम्मेवार (दोषी) छ । यस दोषलाई सहजै हटाउनु सकिन्छ यदि राष्ट्रले एकपल्ट आञ्चलिक भाषाको विकासको प्रक्रियालाई सहायता गर्छ भने ।”
“यसर्थ श्रमिकवर्गले आज भाषा समस्याको समाधानमा गणतन्त्रको मूलनीति प्रयोगको दाबी गर्नुपर्छ । यसको अर्थ के हुन्छ भने केन्द्रमा समस्त भाषाहरूलाई नै समानाधिकार दिनु पर्छ; मातृभाषा वा आञ्चलिक भाषामा बाहेक अरू कुनै भाषा शिक्षालाई बाध्यतामूलक गर्नु पाइँदैन; आञ्चलिक भाषामा उच्चतम शिक्षा पाउने अधिकार प्रत्येक नागरिकलाई दिनु पर्छ; विश्वविद्यालयमा आञ्चलिक भाषालाई नै माध्यम बनाउनु पर्छ; सरकारी भाषाको रूपमा हिन्दी वा अङ्ग्रेजी लाद्ने सबै प्रकारका प्रचेष्टा बन्द गर्नुपर्छ ।”
“यहाँ सबैले स्मरण गर्नु पर्दछ कि…… एकजना मार्क्सवादी- लेनिनवादी हुनुको निम्ति सबै भाषा वा जाति सत्ताको समानाधिकारको दाबीलाई समर्थन गर्नु नै पर्याप्त छैन, साथ-साथै उसले सबै भाषाका श्रमिकहरूका एकतामाथि यथासम्भव ध्यान दिनुपर्छ र तिनीहरूलाई एउटै वर्गीय सङ्गठनमा सङ्गठित गर्नुपर्छ ।”
“माक्र्सवादी-लेनिनवादी हिसाबमा हामी सबै भाषालाई नै श्रद्धा गछौँ।” स्व. बी. टी. रणदीभे, माकपाको चिन्तक र शीर्ष नेतृत्वको लेख [‘भाषा समस्याबाट साभार]
क्रमशः
ये पनि हेर्नुस्
