जयगाउँः बिहीबार राती प्रायः ७.३० बजे जयगाउँ सुपर मार्केटमा अज्ञात युवकहरूले एकजना जयगाउँ निवासी साङ्गे लामा नामक युवकलाई खुकुरीले प्रहार गरेर गम्भीर घाइते बनाएको घटना प्रकासमा आएको छ। प्राप्त जानकारी अनुसार, बिहीबार दिउँसो उक्त युवकको आफ्नै केही साथीहरूसँग विवाद भएको थियो। तर अबेर साँझ प्रायः ७.३० बजे जयगाउँ सुपर मार्केटको एउटा दोकान नजीकको पीढिमा साङ्गे लामा बसिरहेको समय अचानक ३-४ जनाको समूहमा आएको युवकहरूले साङ्गेमाथि धारिलो खुकुरीले प्रहार गरेको थियो। प्रहारबाट बाँच्न घाइते साङ्गे लामा बजारभित्र भाग्दा भीड आक्रमणकारी युवकहरू पनि सुँईकुच्चा ठोकेको प्रत्यक्षदर्शीहरूले जनाएका छन्।
घटनाको जानकारी पाउनसाथ जयगाउँ थानाको पुलिसबल घटनास्थलमा पुगेर घाइते युवकलाई उद्धार गरेक कालचिनीस्थित उत्तर लोथाबारी ग्रामीण अस्पतालमा पुऱ्याएको थियो भने त्यहाँबाट प्राथमिक उपचारपछि घाइतेलाई अलिपुरद्वार जिल्ला अस्पताल रेफर गरिएको बताइएको छ। यता पुलिसले आक्रमणकारी युवकहरूको खोजी चलाइरहेको जनाएका छन्।
