लघु मोक्तान तामाङ पञ्चतत्वमा विलीन

लघु मोक्तान तामाङ पञ्चतत्वमा विलीन

कालचिनीः डुवर्सका वरिष्ठ भाषा सङ्ग्रामी तथा डुवर्स नेपाली साहित्य विकास समितिको संस्थापक ललित न्यासुरको दिवङ्गत श्रीमती लघु मोक्तान तामाङको सोमबार बौद्ध धर्म परम्परा अनुसार अन्तिम संस्कार सम्पन्न भयो। अन्तिम संस्कारमा डुवर्सका प्रायः सबै संघ संस्थाका पदाधिकारी अनि संगठक एवम् कालचिनी भेगका मानिसहरू शवयात्रामा सामेल भएको थियो।
परिवारलाई सम्वेदना तथा श्रद्धाञ्जली दिन डुवर्स नेपाली साहित्य विकास समितिको मूलसचिव रबीन खवास, कार्यकारी अध्यक्ष अबीर खालिङ, संस्थापक सदस्य सागर राई देवान, दुर्गा चामलिङ, बुद्धिमान लामा, विनोद मोक्तान, जीवन बराईली, पूर्व अध्यक्ष सितम मोक्तान, अजित पराजुली, अनिल थापा, मोहन विश्व, विनोद सुब्बा, कुमार गोले, डुवर्स तामाङ बौद्ध संघको अध्यक्ष डीबी वाईबा, श्याम थोकरलगायत अन्यान्य विशिष्ट समाजसेवीहरूको उपस्थिति रहेको थियो।

याे पनि हेर्नुस्

Leave a comment