माध्यमिक परीक्षाफलमा कालचिनी ब्लक टपरलाई सम्मान

माध्यमिक परीक्षाफलमा कालचिनी ब्लक टपरलाई सम्मान


कालचिनी : यसपालीको माध्यमिक परीक्षाफलमा पश्चिम बंगाल बोर्डबाट कालचिनी ब्लक टपरको रुपमा चिन्हित हॉंसीमारा हाइस्कूलका विद्यार्थी प्राची देवनाथलाई अभिनन्दन गर्ने क्रममा आइतवार कालचिनी ब्लक तृणमूल कांग्रेस कमिटीको पक्षबाट पनि सम्वर्द्धना प्रदान गरियो|

यस क्रममा तृणमूल कालचिनी ब्लक सभापति असीम पाख्रिनको बाहुलीबाट प्राची देवनाथलाई फूलको गुच्छा र मिठाई दिएर शुभकामना प्रदान गरिएको थियो| यसै क्रममा नै हॉंसीमारा क्षेत्रका समाजसेवी र तृणमूल अञ्चल नेता अनि कार्यकर्ताहरूले पनि प्राची र तिनको माता पितालाई शुभकामना दिएको थियो ।

याे पनि हेर्नुस्


Leave a comment