मोटरबाइक दुर्घ टनामा दुई गम्भीर घाइते
कालचिनी : सोमबार सॉंझ प्रायः ५ बजी डिमा सेतु र बक्सा जंगल संलग्न राजाबातखावा कालचिनी सड़कमा एउटा मोटरबाइक दुर्घटनामा मोटरबाइक सवार दुईजना युवक गम्भीर घाइते बनेको छ| प्राप्त जानकारीअनुसार, डिमा सेतुबाट अलिपुरद्वारतर्फ मोटरबाइकमा सवार भएर दुईजना युवक तेज गतिमा गइरहेको समय मोटरबाइक अनियन्त्रित भएर सड़क किनारी झर्दा दुवै बाइक सवार गम्भीर घाइते बनेको थियो| प्रत्यक्षदर्शीहरूले जनाए अनुसार बाइक अत्याधिक गतिमा गुड़िरहेको थियो|
दुई घाइतेहरूमा एकको अवस्था आशंकाजनक बताइएको छ भने अर्को सामान्य घाइते रहेको छ| दुवै घाइतेलाई कालचिनी थानाको पुलिसले उद्धार गरेर उत्तर लोथाबारी ग्रामीण अस्पतालमा ल्याएता पनि दुवैलाई अलिपुरद्वार जिल्ला अस्पताल रेफर गरिएको अस्पताल सुत्रले जनाएको छ| दुई घाइते युवकहरूको परिचय बाप्पी राभा (२८) र विवेक राभा (२३) अलिपुरद्वार बीरपाड़ा क्षेत्रको वासिन्दा रहेको अस्पताल सुत्रले जनाएका छन्| घाइते बाप्पी राभाको अवस्था आशंकाजनक रहेको बताइएको छ|
याे पनि हेर्नुस्
