नगरकट्टामा सांसद र विधायकमाथि हमला

नगरकट्टामा सांसद र विधायकमाथि हमला


नगरकट्टा: बाढीपीडितको अवस्था बुझ्न नगरकट्टा पुगेका माल्दाका सांसद खगेन मुर्मू र सिलगढीका विधायक शङ्कर घोषमाथि सोमबार भीडले आक्रमण गरेको छ। उनीहरू बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै राहत सामग्री वितरणका लागि पुगेका थिए ।प्रत्यक्षदर्शी र समाचार फुटेज अनुसार, भीडले सांसद र विधायक सवार गाडीमाथि ढुंगा प्रहार गर्दै सिसा फुटाएको थियो। घटनामा सांसद मुर्मूको अनुहार र टाउकोमा चोट लागेको देखिन्छ। भिडियो फुटेजमा उनी रगतले लथपथ अवस्थामा देखिएका छन्। विधायक घोषले यस आक्रमणलाई “टीएमसी कार्यकर्ताद्वारा गरिएको सुनियोजित हमला” भनेर आरोप लगाएका छन्। उनका अनुसार, राहत वितरण गर्न पुगेका जनप्रतिनिधिमाथि योजनाबद्ध रूपमा भीड उक्साइएकै कारण हमला गरिएको हो।


तर टीएमसी जिल्ला अध्यक्ष महुवा गोपले यी आरोप अस्वीकार गर्दै घटनालाई “जनताको स्वाभाविक आक्रोश” भनेकी छन्। उनका अनुसार, बाढी प्रभावितहरूले लामो समयदेखि राहत र सहयोगको प्रतीक्षा गरिरहेका थिए, त्यसै कारण नाराजगी प्रकट भएको हो।
पुलिसले घटनाको अनुसन्धान सुरु गरेको र स्थिति नियन्त्रणमा ल्याइएको जनाएको छ। घटनास्थलमा थप सुरक्षा बल परिचालन गरिएको थियो।

याे पनि हेर्नुस्


Leave a comment