पहलगाम आक्रमणको बदला लिँदै अपरेशन सिन्दूर

अपरेशन सिन्दूरमा १०० भन्दा बढी आतङ्ककारीहरू मारिएका छन्, जैश मुख्यालयमा आतंकवादी मसूद अजहरका १० आफन्तको हत्या


भारत: भारतले पाकिस्तानका आतङ्कवादी सङ्गठनहरू विरुद्ध बदला लियो। भारतीय वायुसेनाले मङ्गलवार राति १:०५ बजे पाकिस्तान र पीओके अर्थात् पाकिस्तान प्रशासित कश्मीरभित्र हवाई आक्रमण गरेको थियो। यस आक्रमणमा ९ वटा आतङ्ककारी लुकेका ठाउँहरूलाई निशाना बनाइएको छ। यसमा १०० भन्दा बढी आतङ्ककारीहरू मारिएका छन्। जसमा लश्कर–ए–तैयबाका कमाण्डर हाफिज अब्दुल मलिक पनि पर्छन्। मलिक मुरिदकेमा भएको मरकज तैयबा हवाई आक्रमणमा मारिएका थिए। बीबीसी उर्दूको रिपोर्ट अनुसार, जैश-ए-मोहम्मदका प्रमुख मौलाना मसूद अजहरले सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा आफ्नो परिवारका १० सदस्य र चार नजिकका साथीहरू मारिएको बताएका छन्।

भारतले गरेको यो बदला लिने कारबाही पहलगाम आक्रमणको १५ दिनपछि गरिएको थियो र यसलाई ‘अपरेशन सिन्दूर‘ नाम दिइएको थियो। यो नाम ती महिलाहरूलाई समर्पित छ जसका पतिहरू २२ अप्रेलमा पहलगाममा आतङ्ककारीहरूले मारेका थिए।
यसैबिच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तान आफ्नो रक्षा गर्न सक्षम रहेको बताए। तर यदि भारत रोकियो भने, हामी पनि रोकिनेछौं। पाकिस्तानको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (ISPR) का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताए। समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ कि प्रधानमन्त्री मोदीले रातभर अपरेशन सिन्दूरको निगरानी गरिरहे।

याे पनि हेर्नुस्


Leave a comment