कालचिनीः लगातार परिरहेको वर्षाले कालचिनी खण्डको दुर्गम बक्साद्वार गाउँ जाने बाटोमा गएको पैह्रोले बक्साद्वार आउजाउ गर्न असुविधा भइरहेको असुविधालाई ध्यानमा राखेर एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंहको दिशानिर्देशमा बाटो निकासको काम सम्पन्न भएको जानकारी एसएसबी सुत्रले दिएका छन्। शुक्रबार पैह्रोले बक्साद्वारको सदरबजार र डाँडागाउँबीचको बाटो विछिन्न बनेको थियो भने शनिबार एसएसबी जवान र गाउँलेहरूले वैकल्पिक बाटोको निर्माण गरिएको बताइएको छ। उक्त बाटो विछिन्न बन्दा बक्साद्वार गाउँको बक्साफोर्ट, लालबंगला, टाँशीगाउँ, खाटालाईन, लेप्चाखा र ओचुलुम गाउँको सम्पर्क सदरबजार गाउँ र सुन्तलाबारीबीच विच्छेद बनेको थियो।
Book Order
Product Highlight
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Nunc imperdiet rhoncus arcu non aliquet. Sed tempor mauris a purus porttitor
Learn more