प्रायः डेढ तोला सुन पालिस गर्ने ठगले लु टे
कालचिनीः। घर घरमा दैलोमा पुगेर अचेल सोझा महिलाहरूलाई सुन पालिस गर्ने बहानामा सुन लिएर चम्पट कस्ने ठगहरूको रगरगी बढ्दै गइरहेको छ। कालचिनी खण्डको भारत भोटाङ सीमान्त सहर जयगाउँमा यसखाले धेरै घटनाहरू घट्दै आइरहेको क्रममा चियाकमान गाउँहरूमा पनि यस्तो घटना हुन थालेको छ। शुक्रबार यस्तै एउटा ठगीको मामिला प्रकासमा आएको छ। घटना अनुसार, शुक्रबार दिउँसो कालचिनी थाना अन्तर्गत गंगुटिया चियाकमान निवासी तथा वरिष्ठ नागरिक ठूली तामाङ (७५) एक्लै घरमा रहँदा मोटरबाइकमा सवार भएर आएको एकजना अज्ञात ठगले सुन पालिस गरेर चम्काउने भन्दै कानमा लगाएको नेपाली सुन प्रायः डेढ तोला (जसको बजार मूल्य ८५ हजारदेखि १ लाखसम्म रहेको छ) सुन लिएर चम्पट कसेको घटनाले खैलाबैला मच्चिएको छ।
घरको छोरो प्रदिप लामा अलिपुरद्वार सीजेएम कोर्टको पीए भएकोले उनी बिहानै ड्युटी गएको थियो भने तिनको श्रीमती पनि आफ्नो कामले बाहिर निस्किएकी थिईन्। ठीक त्यही बेला उक्त अज्ञात ठगले घरमा बुढी आमा देखेर सुन चम्काउने पालिस गर्ने भन्दै जबरजस्ती सुन लिएर भागेको बताइएको छ। उक्त घटनाको सूचना कालचिनी थानामा दिएता पनि समाचार लेखुञ्जेलसम्म आरोपी ठग पक्रा पर्न नसकेको जान्नमा आएको छ। यता उक्त घटनाले गंगुटियाका सम्पूर्ण गाउँलेहरू विक्षुब्ध बनेका छन्।
याे पनि हेर्नुस्
