राइमाटाङ चियाबारीको पानी पम्पमा पस्यो चितुवा
कालचिनी :आइतबार सॉंझपख एउटा चितुवा राइमटाङ चियाबारीको ७ नम्बर सेक्सनमा रहेको पानी पम्पको पातालभेदी कुवामा पसेको घटनाले सम्पूर्ण क्षेत्रमा खैलाबैला मच्चियो| पातालभेदी कुवामा पसेर बाहिर निस्कन नसकेको चितुवालाई मर्नबाट बचाउन वन विभागले गाउँलेहरूको मद्दतमा धेरै प्रयास गरेपछि डोरी हालेर चितुवालाई बाहिर निकाल्न सफल भएको छ |

उक्त चितुवालाई परिस्थिति हेरेर उपचार गर्ने कोशिश वन विभागले गरिरहेको बताएको छ| यद्यपि चितुवा पानीमा भिजेको कारण बाहिर निस्कन सके तापनि चहल पहल गर्न नसकेको अवस्थामा रहेको बताइएको छ| अन्ततः चितुवा त्यहॉंबाट उम्किएर चियाकमानको झाड़ीभित्र गएको बताइएको छ|
याे पनि हेर्नुस्
