साहित्यकार लोकनाथ प्रधान पञ्चतत्त्वमा बिलिन
जयगाउँ : डुवर्सेली नेपाली साहित्यका वरिष्ठ साहित्यकार लोकनाथ प्रधान पञ्चतत्त्वमा बिलिन भए। आज बिहान 10 बजे तिनको निजी घर जयगाउँ त्रिवेणी टोलबाट गोपीमोहन स्थित मार्मे चर्चमा ल्याई इसाई धर्म अनुसार प्रार्थना सेवा गरिसकेपछि लगभग १२:३० बजीतिर महाप्रस्थानको निम्ति मार्मे शमशान घाट तर्फ निकालिए। माम्रे शमशान घाटमा पुगेपछि इसाई धर्म रीति अनुसार प्रार्थना र भजन गरिसकेपछि उनको पार्थिव शरीरलाई दफनाइएको थियो। लोकनाथ प्रधान डुवर्सका अग्रज साहित्यकार, कवि अनि अनुवादको रूपमा परिचित थिए। सन् १९४२ मा प्रथम प्रकाशित पुस्तिका ‘ धामीको सवाई ‘ पछि कविता सङ्ग्रह ‘बिरुवा’ डुवर्सको प्रथम कृतिकारको रुपमा पनि प्रसिद्ध छन्। चन्द्रवीर प्रधान स्मृति पुरस्कारले सम्मानित लोकनाथ प्रधानको निधनले सम्पूर्ण डुवर्सवासीलाई नै मर्माहत बनाएको छ। डुनेसाविसको पक्षबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ भनि डुवर्स नेपाली साहित्य विकास समितिका महासचिव रबिन खवासले मन्तव्य पोखे। यसरी नै वरिष्ठ साहित्यकार तथा समाजसेवी शङ्करनाथ प्रधानले लोकनाथ प्रधानको निधनमा हामी समस्त डुवर्सबासी नै मर्महत भएका छौँ। विशेषगरी जयगाउँबासी अत्यन्तै मर्महाद बनेका छौँ। जयगाउँमा यस्ता सर्जकहरू बिरलै जन्मिए। डा त्रिलोक राई डा सनम बि वङ्गेल जस्ता भाषाविद साहित्यकार इतिहासविद् जस्तो प्रतिष्ठित विद्वान जन्मिएको बासभूमिमा भर्खरै लोकनाथ प्रधानको मृत्यु हुनु भनेको डुवर्सेली नेपाली समाजमा ठूलो क्षति पुग्नु हो। उहाँको निधनमा हामी अत्यन्तै मर्महात बनेका छौँ।

डुवर्सबाट पहिलो कविता सङ्ग्रह बिरुवा प्रकाशित गरेर साहित्यिक माहौल सिर्जना गर्ने एकजना साहित्यिक अभियन्ताको देहावसानले स्तब्ध छु। कविका अतिरिक्त कथाकार, निबन्धकार व्यक्तित्व पनि उहाँमा प्रखर थियो भन्ने उदाहरण मायाको मोल पुस्तकले दिन्छ। यो अपुरणीय क्षतिमा शोकाकुल परिवारमा संवेदना प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु भनि डुवर्सका कवि/कथाकार अबीर खालिङले शोक प्रकट गरेका छन् । त्यसैगरी सिर्जनशील समूह कालचिनीका महासचिव ज्ञानलाल दर्नालले शोक प्रकट भने लोकनाथ प्रधानको मृत्युले डुवर्सेली साहित्यमा एउटा ठुलो आघात पुगेको छ वहाँ एकजना मृदुभाषी, मिलनसार, स्पष्ट विचार राख्ने व्यक्तित्त्वका धनी थिए वहाँले दिनुभएको साहित्यिक अवदानलाई डुवर्सले कहिले भुलिने छैन। वहाँको आत्माले बैकुण्ठ वास पवोस साथै यस बज्रपातको समय वहाँको परिवारमा भगवानले सहनशक्ति प्रदान गरून्।
याे पनि हेर्नुस्
