पुराण
सात दिवसीय गरुड पुराण आरम्भ
आशावारी: आज एक फरवरीदेखि आगामी सात फरवरीसम्म आशाबारी देवि मन्दिर प्राङ्गणमा ७ दिवसीय गरुड पुराणको आयोजना गरिएको छ। आशाबारी देवी मन्दिरकी माताजी आशा शाहीको अगुवाइमा २२ जनाएको पुराण कमिटी गठन गरिएको उक्त पुराणमा प्रमुख कथा वाचकको रुपमा आशाबारीबाट व्यासजी आचार्य श्री हरिशरण भारद्वजजी रहनुभएको छ भने मानाबारीबाट उपव्यासमा श्री माधव काश्यपजी त्यसैगरी यज्ञ सञ्चालनमा गुरुजी शिव भारद्वज अनि नित्य पुजामा अर्जुन आत्रेय रहेको थियो। आज प्रथम दिनमा नित्य पुजा, कलश यात्रा, पितृ पुजा सन्ध्या पुजा गरियो भने ब्राह्मण बरन, सन्ध्या आरती साथै बेलुकी भजन किर्तन पनि गरिने आयोजक पक्षबाट मीरा विश्वकर्मा अनि ज्योति बराईलीले जानकारी दिएका छन् साथै सबै श्रद्धालु भक्तजनलाई पुराणमा आइदिन आव्हान गर्नुभएको छ।

याे पनि हेर्नुस्
