श्रद्धाञ्जली सभा सम्पन्न

श्रद्धाञ्जली सभा सम्पन्न

जयगाउँ : जयगाउँ समाज कल्याण संघको तत्त्वाधानमा स्वर्गीय कृष्णगोपाल प्रधान शोक श्रद्धाञ्जली सभा आज जयगाउँ समाज कल्याण संघकाे भवनमा संघका उपाध्यक्ष सानु खवासको सभा अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा मृतकको परिवारलाई संघको तर्फबाट संवेदना पत्र प्रदान गरे। स्वर्गीय कृष्णगोपाल प्रधान जयगाउँ समाज कल्याण संघका सम्मननीय सदस्य थिए। उनको २७ डिसम्बर २०२४ को दिन निधन भएको थियो। उनले संघप्रति पुर्‍याएको योगदानको स्मरण गर्दै उनका परिवारलाई जयगाउँ समाज कल्याण संघको तर्फबाट संवेदना पत्र प्रदान गरेका हुन् भनि संघका सहसचिव मनोजकुमार प्रधानले जानकारी गराए।

यस शोक श्रद्धाञ्जली सभाको सञ्चालन संघका महासचिव पेमा रोईकाले गरेका थिए भने सम्माननीय सदस्य शङ्करनाथ प्रधान, गणेशबहादुर प्रधान, बद्री प्रधान, इन्द्रबहादुर छेत्री, भीमप्रसाद शर्मा लगायत धेरै सदस्यहरूको उपस्थिति रहेको थियो।

याे पनि हेर्नुस्

Leave a comment