मानव चिकित्सा शिविर
कालचिनीः एसएसबी ५३ बाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा बिहीवार भोटाङ सीमान्त क्षेत्र लङ्कापाड़ा पगली खास र टोटोपाडामा मानव चिकित्सा शिविर र २८ बस्ती अनि सुन्तलाबारीमा मानव चिकित्सा साथै पशु चिकित्सा शिविर सम्पन्न गरेको एसएसबी सुत्रले जनाएका छन्। सो अवसरमा कमाण्डेन्ट (भेटेनरी अफिसर) डा. देवाशिष त्रिपाठी, डा. राजश्री अरविन्द कर्दे, डेपुटी कमाण्डेन्ट (मेडिकल अफिसर) ले परिसेवा दिएको उक्त भेटेरनरी शिविरमा ४५० पशु तथा ८० जना पशुपालक तथा मानव चिकित्सा शिविरमा ५० जना गाउँले लाभान्वित भएका थिए।

एसएसबी ५३ बाहिनीले नागरिक कल्याण कार्यक्रम अन्तर्गत आफ्नो कार्यक्षेत्रका नागरिक तथा पशुपक्षीको उपचारमा निरन्तर लागिरहेको जनाएका छन्। सशस्त्र सीमा बलको यो सेवा कार्यको स्थानीयवासीले भरपुर फाइदा उठाएको बताइएको छ भने एसएसबीप्रति गाउँलेहरूले आभार व्यक्त गरेका छन्।