एसएसबीद्वारा एकसाथ सिलाई प्रशिक्षण र सोलर लाइट मरम्मती प्रशिक्षणको समापन

कालचिनीः एसएसबी ३४ वाहिनीद्वारा कमान्डेन्ट मनोजकुमार चन्दको दिशानिर्देशमा गत जनवरी महीनामा अलिपुरद्वार जिल्लाको भारत भोटाङ सीमान्तमा अवस्थित कालीखोला र न्यूल्यान्ड्स गाउँमा ३० दिवसीय सिलाई प्रशिक्षणको शुभारम्भ गरेको थियो भने यसैगरि फासखोवा क्षेत्रमा २० दिने सोलर लाइट मरम्मती प्रशिक्षणको शुभारम्भ गरेका थिए। सो दुवै प्रशिक्षणको समापन बिहीबार कुमारग्राममा गर्दै दुवै प्रशिक्षणार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको एसएसबी सुत्रले जनाएका छन्।

एसएसबीद्वारा एकसाथ सिलाई प्रशिक्षण
एसएसबीद्वारा एकसाथ सिलाई प्रशिक्षण

उक्त समापन अनि प्रमाणपत्र प्रदान कार्यक्रममा एसएसबी ३४ वाहिनीका उपकमान्डेन्ट राजीव राणा, सहायक कमान्डेन्ट मनीष कुमार, निरीक्षक प्रदीप कुमार मौर्या फासखोवा बीओपी प्रभारी, निरीक्षक इन्दु भूषण, न्यूल्यान्ड्स बीओपी, स्थानीय पञ्चायत सदस्य आशा खातून, शुक्ला विश्वास, शिक्षक सञ्जय रविदास, समाजसेवी आशिक मोहम्मद, प्रधानाध्यापक बिरसा उराँव, कोर्स कोर्डिनेटर अभिजीत नायक, अनिता उराँव आदिको उपस्थिति रहेको थियो।
एसएसबी ३४ वाहिनी अलिपुरद्वारका उपकमान्डेन्ट राजीव राणाले सीमान्त क्षेत्रको बेरोजगार युवा युवतीहरूलाई स्वनिर्भर बनाउन अनि समृद्ध समाजको गठन गर्न यो नागरिक कल्याण कार्यक्रम निरन्तर जारी रहने जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment