कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंहको दिशानिर्देशमा शुक्रबार नयाँ बस्ती बीओपी अन्तर्गत राधारानी चियाबारीमा भलीबल प्रतियोगिता सम्पन्न भएको थियो भने शनिबार पुन स्कूले विद्यार्थीहरूलाई लिएर बिरुवा रोपण एवम् ऱ्याली गरिएको एसएसबी सुत्रले जनाएका छन्। मूलतः कारगिल विजय दिवसको कार्यक्रमलाई ध्यानमा राखेर सीमान्त गाउँहरूमा एसएसबीले स्पोर्ट्स कार्यक्रम एवम् अन्यान्य नागरिक कल्याण कार्यक्रम सम्पन्न गर्दै आइरहेको र आगामी १५ अगस्त स्वतन्त्रता दिवसमा यी सबै खेलाको विजयी टोलीलाई पुरस्कार वितरण गरिमे एसएसबी सुत्रले जनाएका छन्।
शुक्रबार राधारानी चियाबारीमा सम्पन्न भलीबल प्रतियोगितामा अच्छापाडा डेभलपमेन्ट यूथ क्लब एडीवाईसी एवम् राईमाटाङ बनबस्ती, नयाँ बस्ती र राधारानीले अंशग्रहण गरेका थिए। उक्त खेलमा अन्ततः एडीवाईसीका टोली विजयी बनेको एसएसबी सुत्रले जनाएका छन्। विजयी पुरस्कार आगामी १५ अगस्तको छेकमा प्रदान गरिने बताइएको छ। यता एडीवाईसीका अध्यक्ष विजय थुलुङ राईले एसएसबीले खेलाएको भलीबल प्रतियोगितामा क्लबको टोली विजयी बनेको साथै क्लबको सदस्यहरू खेल सचिव विवेक राई, दिवाकर राय, युवराज थापा, शिव लामा, अन्तिम राई र कृष राईले सहभागिता जनाएको बताएका छन्।