सुमनी राईलाई गोर्खा माघे मिलन उत्सव कमिटीले गरे सम्मान

हाम्रो क्षेत्रबाट यसरी उच्च शिक्षाको निम्ति सुमनी राई जस्ता नानीहरू अघि आएकोमा हामी गर्भ महसुस गरेका छौँ –पवन यल्मो


जयगाउँ : अलिपुरद्वार जिल्ला अन्तर्गत जयगाउँका चेली सुमनी राईले सि.एस.आइ.आर. युजीसी नेट परीक्षामा दशौँ स्थान प्राप्त गरी सफलता हासिल गरेकोमा गोर्खा माघे मिलन उत्सव कमिटी कालचिनीले सम्मान जनाएको छ| उक्त सम्मान जनाउन जयगाउँस्थित सुमनी राईको घरमा कालचिनी खण्डबाट गोर्खा माघे मिलन उत्साह कमिटीका संयोजक पवन याल्मो साथै महासचिव चन्दन भट्टराई, सदस्य प्रदीप लामा आदि पुगेका थिए| सम्बर्धना गर्ने क्रममा सुमनी राईका पिता मनि राई र देवीका राईलाई सम्बर्धन पत्र र दोसल्ला प्रदान गरेर सम्मान गरेका थिए भने परीक्षार्थी सुमनी राईलाई सम्बर्द्धन पत्रका साथ फूलको गुच्छा दिएर सम्मान अर्पण गरे|

सुमनी राई जयगाउँ निवासी मनि राई र देवीका राईकी छोरी हुन्| तिनले जीवनविज्ञान विषय लिएर उच्च शिक्षा हासिल गरेका थिए| जसले हालै मात्रामा सञ्चालन भएका सि.एस.आइ.आर. युजीसी नेटको परीक्षामा भारत देशभरिमा १० औँ स्थान ल्याई सफलता हासिल गरेका थिए| यसै सफलतालाई सराहना गर्दै कालचिनीका समाजसेवी तथा गोर्खा माघे मिलन उत्सह कमिटीका संयोजक पवन याल्मो आफ्नो साथीहरूसँग सुमनी राईलाई सम्बर्धना गर्न पुगेका थिए|

यसै अवसरमा समाजसेवी पवन यल्मोले भने, हाम्रो क्षेत्रबाट यसरी उच्च शिक्षाको निम्ति नानीहरू अघि आएकोमा हामी गर्भ महसुस गरेका छौँ साथै उज्ज्वल भविष्यको कामना पनि गर्दछौँ| भविष्यमा कुनै पनि समय हाम्रो आवश्यकता परे हामी तपाईंहरूसँग हुनेछौँ भन्ने पनि थप कुरा जोडे|

सुमनीका पिता मनि राईले यसरी आफ्नो नानीले सफलता हासिल गरेकोमा हामी एकदमै हर्षित छौं| हाम्रो नानीको सफलतामा सिङ्गो समाज नै अघि आई नानीलाई हौसला प्रदान गरेकोमा हामी सबै संघ संस्था, समाजका सचेत व्यक्तिहरू साथै मिडियाकर्मीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु|

यसै अवसरमा परीक्षार्थी सुमिना राईले भनिन्, मेरो यो सफलतामा विशेष मेरो आमा बाबालाई श्रय दिन्छु| उहॉंहरूकै शुभ आशिषले आज म यो सफलता हासिल गर्नुमा सक्षम भएको छु|

याे पनि हेर्नुस्


Leave a comment