सुमनी राईलाई जे.डी.ए.द्वारा सम्मान

हाम्रो यो सानो ठाउँबाट सुमनी राईले जुन सफलता हासिल गरे त्यसको निम्ति सम्पूर्ण जयगाउँवासी नै गर्वित भएका छौँ-जे.डी.ए. चेयरम्यान गङ्गाप्रसाद शर्मा


जयगाउँ : जयगाउँ डेभलपमेन्ट अथोरिटीको (जे.डी.ए.) तर्फबाट आज परीक्षार्थी सुमनी राईलाई जे.डी.ए. कार्यालयमा सम्मान जनाएका थिए| सुमनी राईले हालमा सञ्चालन भएको सि.एस.आइ.आर.युजीसी नेसनल एलिजिबल टेस्ट (नेट) परीक्षामा सर्वभारतीय स्तरमा नै १० औँ स्थान प्राप्त गरी सफलता हासिल गरेका थिए| सोही उपलब्धिलाई सराहना गर्दै आज जयगाउँ डेभलपमेन्ट अथोरिटी (जे.डी.ए) को तर्फबाट चेयरमेन गङ्गाप्रसाद शर्माको बहुलीबाट सम्मान जनाए| परीक्षार्थी सुमनी राईलाई सम्मान जनाउन अघि तिनको आमाबाबालाई जे.डी.ए चेयरमेन गङ्गाप्रसाद शर्माले खदा लगाएर सम्मान गरे पछि सुमनी राईलाई केही मिठाई र फूलका गुच्छा प्रदान गरी सम्मान जनाएका थिए|

यसै अवसरमा जे.डी.ए. चेयरम्यान गङ्गाप्रसाद शर्माले भने, हाम्रो यो सानो ठाउँबाट सुमनी राईले जुन सफलता हासिल गरे त्यसको निम्ति सम्पूर्ण जयगाउँवासी नै गर्वित भएका छौँ| सुमनी राई जस्ता नानीहरू अझ हाम्रो समाजमा आउनुपर्छ| जेडिएको तर्फबाट सुमनी राईलाई उच्च शिक्षाका निम्ति आवश्यक परेको खण्डमा आर्थिक सहयोग प्रदान गर्ने पनि विश्वस्ता दिलाए|

यसैगरी जयगाउँ २ नम्बर ग्राम पञ्चायतको उपप्रधान फुर्वा लामाले भने, सुमनी राईले जुन सफलता हासिल गरेकी छन् यसको निम्ति हामी हर्षित भएका छौँ र नानीलाई ग्राम पञ्चायत लगायत सम्पूर्ण जयगाउँको तर्फबाट बधाई दिँदछौँ साथै तिनलाई जयगाउँ २ नम्बर ग्राम पञ्चायतको तर्फबाट उच्च शिक्षाका निम्ति केही सहयोग राशि पनि प्रदान गर्नेछौं|

यसै प्रकारले परीक्षार्थी सुमनी राईले भनिन्, यसरी मेरो सफलतामा म लगायत मेरो अभिभावकलाई यसरी सम्मान जनाउनु भएकोमा जे.डी.ए चेयरमेन लगायत सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु| कुनै पनि कम्पेरेटिभ एक्जामका निम्ति हामीलाई भनेको रिसोर्सहरू छैन| यदि यस क्षेत्रमा प्रशस्त मात्रामा यस्ता रिसोर्सहरू भए म लगायत अरुलाई पनि सहयोग हुने थियो यसका निम्ति केही पहल हुन सके हामी लाभन्तित हुने थियौँ भन्ने कुरा पनि जोड़े|

यस सम्मान कार्यक्रममा जे.डी.ए चेयरम्यान गङ्गाप्रसाद शर्मा, जे.डी.एका एक्जिक्यटिभ अफिसर, जयगाउँ २ नम्बर ग्राम पञ्चायतका उपप्रधान फुर्बा लामा, पेमा लामा, महिन्द्रा छेत्री, दुर्गा थुलुङ, सुमनी राईका बाबा मनी राई, आमा देवीका राई, पत्रकार दिपेन छेत्री लगायत जे.डी.ए-का पदाधिकारीहरूको बहुल उपस्थिति रहेको थियो|

याे पनि हेर्नुस्


Leave a comment