तोर्सा टि जि प्राइमरी स्कुलमा अभिभावक सचेतना कार्यक्रम
जयगाउँ : तोर्सा टि.जी. प्राइमरी स्कुलमा आज अभिभावकलाई लिएर एउटा जनचेतना कार्यक्रमको आयोजना गरिएको थियो। यस जनचेतना कार्यक्रमको अध्यक्षता सुजित महालीले गरेका थिए भने अतिथिको रूपमा ११/६० पार्टका पञ्चायत सदस्य सुजित मुण्ड, ११/५९ पार्टका पञ्चायत सदस्य आवदकिशोर सिंह, रुरल एड एन.जि.ओ.का सदस्य राती लामा, उजनी मिन्स, इनर ह्वेलका सभापति सुनिता अग्रवाल उपस्थित थिए साथै स्कुल सञ्चालन समितिका सदस्य सुशीला राई र मिना क्षेत्री पनि उपस्थित रहेका थिए।

स्कुलको विविध समस्या र विषयहरूलाई लिएर आयोजना गरिएको यस जनचेतना कार्यक्रममा अतिथिको सम्भाषणमा पञ्चायत सदस्य सुजित मुण्डाले आगामी पञ्चायतको एक्सन प्लानमा स्कुलको छाना र सोलर बत्ती पनि समावेश गर्ने र चाँडै नै त्यसको कार्यान्वयन गर्ने कुरामा आश्वास्त दिलाए। त्यसैप्रकारले जनचेतना कार्यक्रममा जागरुकता गर्ने क्रममा मन्तव्य व्यक्त गर्दै एन जि ओ – का सदस्य राती लामाले भने हाम्रो समाजमा अधिकांश नानीहरू माध्यमिक दिनु पूर्व नै विवाह गर्ने गर्दछ जो अमान्य हो। त्यसले उनीहरूको भविष्य अन्धकारमय हुने गर्दछ। त्यसलाई रोक्नका निम्ति अभिभावकहरू सचेत हुनुपर्ने कुरामा जोड दिए। यस जनचेतन कार्यक्रमलाई सम्बोधन सुजित महाली, शिक्षिका पूर्णिमा आदिले गरे भने कार्यक्रमको सञ्चालन स्कुलका प्रधानाध्यापक लभकुमार भुजेलले गरेका थिए।
याे पनि हेर्नुस्
