उच्च माध्यमिक परीक्षाफलमा अलिपुरद्वार जिल्लाको औसत फलाफल


कालचिनीः बुधबार उच्च माध्यमिक परीक्षाफल अनलाईन घोषणा भएतापनि स्कूलहरूमा मार्क सीट आएनन्। देशभरि नै मक ड्रिलको कारण स्कूलमा मार्क सीट नआएता पनि अनलाइन परीक्षाफल मुताबिक अलिपुरद्वार जिल्लाको प्रदर्शन औसत रहेको बताइएको छ। जिल्ला शिक्षा विभागबाट प्राप्त जानकारी अनुसार, अलिपुरद्वार जिल्लाभरी ९१४६ उच्च माध्यमिक परीक्षार्थीहरूले परीक्षा दिएको थियो जसमा ७९६१ जनाले पास गरेको बताइएको छ। यसमध्ये ९०% देखि १००% बीचमा आउने केटाहरूमा ४५ जना रहेको बताइएको छ भने केटीहरूमा ९६ जना रहेको बताइएको छ। यसरी नै ८०% देखि ९०% बीचमा आउने केटाहरूको संख्या १७५ रहेको छ भने केटीहरूको संख्या ३२१ जना रहेको बताइएको छ। ७०% देखि ७९% बीचमा आउने केटाहरूमा ३९४ जना र केटीहरूमा ५२६ जना, यसरी नै ६०% देखि ६९% बीचमा आउने केटाहरूमा ६१८ जना र केटीहरूमा ७८६ जना रहेको बताइएको छ। अलिपुरद्वार जिल्लाको मोठ उत्तीर्ण हरदर संख्या ८७.०४% रहेको बताइएको छ।
यस क्रममा स्कूल टपर, जिल्ला टपर र ब्लक टपरको सम्पूर्ण मार्कसीट स्कूलहरूमा पुगेर मात्र थाह हुने बताइएको छ। यता कालचिनी डिमास्थित शंकर नेपाली स्कूलको टपर छात्रामा ४२४ अंक हासिल गर्ने एकजना विद्यार्थी रहेको हुनसक्ने अनुमान स्कूलका शिक्षकहरूले लगाएका छन्।

Leave a comment