युपीएससी उत्तीर्ण गोर्खे गौरवहरूलाई गोरुबथानमा सम्मान

दार्जीलिङ जिल्लाबाट तीनजना गोर्खा/नेपाली प्रार्थीहरूले युपीएससी (UPSC) परीक्षा उत्तीर्ण गर्दै एउटा इतिहास नै बनाए

गोरुबथानः युपीएससी (UPSC) परीक्षा २०२३ गोर्खा जातिको निम्ति स्वर्णिम रह्यो। देशको सर्वोच्च प्रशासनिक सेवाको परीक्षामा दार्जीलिङ जिल्लाबाट तीनजना गोर्खा/नेपाली प्रार्थीहरूले उत्तीर्ण गर्दै इतिहास नै बनाए । देशको सिमाना रक्षा गर्ने वीर सन्तानका नयाँ पुस्ता देशको सर्वोच्च प्रशासनिक सेवाको निम्ति तयारी हुँदैछन् भन्ने प्रमाणित गरेका छन् जयश्री, अजय, ठकुरीहरूले। गोर्खा जातिका यही तीन कलमवीरहरूलाई आज गोरुबथानमा भव्य अनि अर्थपूर्ण समारोहबिच सम्मानित गरियो। गोरुबथान फ्यूचर भिजन अनि गोरुबथान सरकारी महाविद्यालयको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै युपीएससी Rank ५२ मा उत्तीर्ण गरेकी जयश्री प्रधानले आफ्नो अनुभव साझा गरिन्। दोस्रो कोशिशमा आफुले युपीएससी उत्तीर्ण गरेको जानकारी गराउँदै आफ्नो सफलतामा परिवारको महत्वपूर्ण भूमिका रहेको बताइन्। मान्छे भएपछि सपना ठूलो देख्नुपर्ने सुझाव राख्दै उक्त सपनालाई साकार बनाउन आत्माविश्वास मजबुत हुनुपर्ने बताइन्। बाहिरी मोटिभेशन अस्थायी रहेको बताउँदै आत्माविश्वास नै सफलताको मुख्य कुँजी रहेको जनाइन्। आफुले युपीएससी उत्तीर्ण गरेपछि IFS छनौट गरेको पनि जानकारी गराइन्।

युपीएससी उत्तीर्ण गोर्खे गौरवहरूलाई गोरुबथानमा सम्मान


त्यसरी नै अर्का हस्ती अजय मोक्तानले असफलताबाट कहिल्यै नडराउनुपर्ने बताए। आफुले ६ पल्टको कोशिशमा युपीएससी परीक्षा उत्तीर्ण गरेको उदाहरण दिए। तिनले भने – परीक्षामा असफल भएपनि छोड्नु चाहिँ हुँदैन। लगातार लागिपर्नु पर्छ। यसो गरेको एक दिन अवश्यै सफलता हात लाग्नेछ। यस क्रममा मोक्तानले पनि आफ्नो अनुभवहरू साझा गरे। कार्यक्रममा अन्तरक्रियात्मक कार्यक्रम पनि राखिएको थियो। जसमा गोरुबथान कलेज, युद्धवीर उच्चतर माध्यमिक विद्यालय, होलिचाल्ड स्कुल लगायत अन्य विद्यार्थीहरूले युपीएससी लगायत अन्य परीक्षाको तयारीबारे आफ्नो जिज्ञासाहरू दुइबिच राखे। जसले क्रमबद्ध जयश्री र अजयले प्रतिउत्तर दिए। महेश्वर प्रधानद्वारा सञ्चालित कार्यक्रमलाई सम्बोधन गर्दै गोरुबथान फ्यूचर भिजनका सभापति पुरण राईले कार्यक्रम आयोजना गरिनुको औचित्यमाथि प्रकाश पारे। २०२३ देशको इतिहासमा गोर्खा जातिको निम्ति माइल स्टोन साबित भएको मन्तव्य गर्दै युपीएससी परीक्षामा एकैचोटि तीन तीनजना गोर्खे सन्तान उत्तीर्ण हुने जातिको निम्ति ठूलो उपलब्धि रहेको बताए। जातिकै निम्ति इतिहास कोर्ने हस्तीहरूलाई सम्मान जनाउनका साथै स्थानीय शिक्षित युवाहरूलाई पनि युपीएससी लगायत अन्य राष्ट्रिय स्तरको प्रशासनिक परीक्षाप्रति प्रोत्साहन दिन कार्यक्रम आयोजना गरिएको बताए। त्यसरी नै कलेजका अफिसर इन्चार्ज डाक्टरले सम्बोधन गर्दै बधाई दिए। तिनले युपीएससी जस्तो राष्ट्रिय सर्वोच्च प्रशासनिक सेवाको निम्ति उत्तीर्ण भएका प्रार्थीहरूलाई यसरी आफ्नो कलेजमा बोलाएर कार्यक्रम गर्न पाउँदा अति नै आनन्द लागेको बताए। आयोजक पक्षबाट कलेजकी प्रोफेसर डाक्टर एलिना प्रधानले कार्यक्रम सफल बनाउन उपस्थित सबैप्रति आभार प्रकट गरिन्। कार्यक्रममा युद्धवीर उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय बराइली, बबरु बहन राणा, प्रशान्ति राई, नितु थापा, होलीचाइल्ड स्कुलका प्रिन्सिपल ओमप्रकाश बास्ताकोटी, मास्कट एकाडेमीका प्रिन्सिपल सुरेश चौधरी, अम्बियोक उच्चतर माध्यमिक विद्यालयबाट शिक्षक विजय ब्लोन, रोहित शर्मा, ग्रिनभेल एकाडेमीबाट प्रिन्सिपल जीवन राई, रोजमेरी स्कुलबाट मिरा राणा, शिशिर चन्द्र राई, बिरेन्द्र ढकाल, सञ्जय प्रधान, रुस्तम शर्मालगायत आयोजक गोरुबथान फ्युचर भिजनका सचिव सौराज राई, कोषाध्यक्ष प्रणय गुरुङ, कार्यकारी पदाधिकारी क्रमैले सुरज राई, पुरण मगर, सुदर्शन, राजु मिजार, नारायण प्रधान, बबिता थापा आदिको विशेष उपस्थिति रहेको थियो।

याे पनि हेर्नुस्

Amazon

OnePlus Nord CE 3 5G

OnePlus Nord CE 3 5G (Aqua Surge, 8GB RAM, 128GB Storage)

Buy Now

Leave a comment