१०० भन्दा बढी परिवारहरू तृणमूलमा सामेल
कालचिनीः तृणमूल अलिपुरद्वार जिल्ला अध्यक्ष प्रकास चीक बडाइक र तृणमूल प्रार्थी जयप्रकास टोप्पोको पथसभामा बुधबार मदारीहाट शान्ति स्कूलमा भाजपा र सीपीआई (एम) का १०० परिवार औपचारिक रूपमा अखिल भारतीय तृणमूल
कंग्रेसमा सामेल भएका छन्। उनीहरूलाई स्वागत गर्दै तृणमूल अलिपुरद्वार जिल्ला अध्यक्ष प्रकास चीक बडाइकले अखिल भारतीय तृणमूल कंग्रेस मदारीहाटको विकास गर्न, जनताको अधिकारको रक्षा गर्न र उनीहरूको उज्ज्वल भविष्य सिर्जना गर्न प्रतिबद्ध रहेको बताउँदै यी परिवारहरू तृणमूल कंग्रेसमा सामेल हुनुले बीजेपी र सीपीआई(एम) विरुद्ध बढ्दो जन असन्तुष्टि झल्काएको जनाएका छन्।
तिनले यसरी भाजपादेखि नैराश्य हुनु भाजपाले आफ्ना वाचाहरू पूरा गर्न नसकेको र कुशासनका कारण बढ्दो निराशाको परिणाम हो भनि दाबी गरेका छन्। उपचुनाउको केही दिनअघिको र्यालीले अखिल भारतीय तृणमूल कंग्रेसलाई जनताको ठूलो समर्थन रहेको प्रमाणित गरेको पनि तृणमूल नेताहरूले जनाएका छन्। तृणमूल नेताहरूले पथसभा र सानोतिनो ऱ्यालीमा यसरी साधारण मानिसहरू तृणमूलप्रति आकर्षित हुनुको सङ्केत हो यसले मदारीहाटमा ऐतिहासिक जितको चरण तय गरेको छ।