हाम्राे बारेमा

माटोको कथा एउटा माटोकुरीलाई भन्दा अरु कसलाई थाहा होला र? यही माटोको सुगन्धलाई परक गर्दै आज माटोकुरी निर्माण भएको छ। एउटा सिङ्गो भूगोल निर्माण हुनुमा माटो ढुङ्गा विविध धातुहरूको मिश्रित तत्त्वहरू आवश्यक पर्दछ। त्यसैगरी एउटा सिङ्गो समाज निर्माण हुनुमा पनि त्यस भेगका भाषा साहित्य समृद्ध र अर्थपूर्ण हुनु पर्छ ।

साधारणतय माटाेकुरीकाे अर्थ पाहाडी भेगमा पाइने एउटा दुर्लभ चरा हाे । जसले पाहाडकाे कन्दरा या भित्तमा आफ्नाे सुरक्षित बासका निम्ति खनेर लगभक एक हात जतिकाे कुर (दुलाे) बनाएर गुँड बनाउछ र त्यसै गुँड वा घर आफू लगायत परिवारलाई सुरक्षित राख्ने गर्दछ । हरियाे र राताे मिसिएर बनेकाे प्वाँख भएकाे माटाेकुरी चरा प्राकृतिक सुन्दर देखिन्छ ।

देशको समाजिक, राजनीतिक र आर्थिक मापदण्ड नै समाज विकासमा महत्वपूर्ण भूमिका रहेको हुन्छ।

हामी आफैलाई उदार लोकतन्त्र र उदार आर्थिक प्रणालीको पक्षधार हौ भन्न हिच्किचाउँदैनौं भनी गरिब र पछाडिका जनताका पक्षमा सरकारको सशक्त उपस्थिति र उपकारी कार्यकारीको महत्वलाई पनि अस्वीकार गर्दिनौँ। निम्न जनताका नैसर्गिक हक अधिकारका लागि सत्य र तथ्यमा आधारित भएर पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्ने छैनौँ।

वर्तमान राजनीतिक परिवृत्तमा सबैले आफूलाई लोकतान्त्रिक शक्तिको रुपमा परिचित गराउने तर विचार व्यवहार र कार्यशैलीमा भने विडम्बना हामी देख्छौं।

तर सबै राजनीतिक दल हरेक व्यक्ति र समाजका हरेक पक्षलाई गुण र दोषका आधारमा समर्थन र आलोचना वा दुवै समानान्तर रुपमा अघि बढाउनु माटोकुरी डिजिटल पत्रिकाको विशेषता रहेको हुनेछ।

निम्न जनताको अधिकार सम्पत्तिको अधिकार विचार अभिव्यक्ति र स्वतन्त्रताको अधिकार रक्षक अवमूल्यमा कुनै पनि शक्तिसँग कहिले सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाइन पत्रिका मार्फत माटोकुरी यहाँहरु समक्ष उपस्थित रहेको हुनेछ।

शिक्षा स्वास्थ्य खानेपानी बाटोघाटो र सञ्चारको सुविधाबाट जनसाधारण विमुख हुनु हुँदैन भन्ने उद्देश्यका साथ जनजीवनका दैनिक समस्या हाम्रा प्राथमिक चासोका विषय भएर रहनेछ।

साधारण जनताले पाएको सेवाको आधारमा सरकारको मूल्याङ्कन माटोकुरी डिजिटलले गर्नेछ।

भ्रष्टाचार कालोबजारी जनतालाई आर्थिक सामाजिक तथा शारीरिक शोषण गर्ने कुनै पनि समूह व्यक्ति वा प्रवृत्ति विरुद्ध समाजलाई जागरुक बनाउने एउटा अभियानकै रुपमा माटोकुरीलाई यसका शुभचिन्तकले मान्ने र माया गर्ने विश्वास हामीमा निश्चित रहेको छ। हामी जनताको सरोकार र आवश्यक सूचनाहरू प्रवाह गर्ने क्रममा कुनै पनि भाइभतिजा नाता सम्बन्धदेखि टाढा बसेर काम गर्नेछौं ।

नेपाली भाषा केवल भाषा मात्र नभएर एउटा महाभाषाको रुपमा विस्तारित भएको यो समयमा नेपाली भाषा र साहित्यलाई विस्तार गर्नु एउटा मूलभूत उद्देश्य माटोकुरीको रहेको छ। पत्रकारिताको मूल्य र मान्यतासँग कुनै पनि अवस्थामा सम्झौता नगर्ने र स्वास्थ्य समाचार मनोरञ्जन साहित्य कला खेलकुद र जीवनका विविध आयामका विविध रङ्गहरू समेट्दै पाठकका इलेक्ट्रोनिक माध्यमबाट प्रस्तुत गर्न हरहेसा प्रयास गर्ने प्राण गर्दछौँ।